उत्कृष्टता आकाश जस्तै हो, जति माथि पुगे पनि अझ माथि जाने ठाउँ रहन्छ !

हाम्रो कथा २०७५ माघ १२ गते १५:३८

तस्वीर: mole.my

एउटा गाउँमा एक मूर्तीकार बस्ने गर्थियो । मूर्तीको कामबाट उ राम्रो कमाउथ्यो । समयको अन्तराल सँगै उसको एउटा छोरो जन्मियो । त्यो छोराले सानैबाट मूर्ती बनाउन सुरु गर्‍यो । बिस्तारै छोरो धेरै राम्रो मूर्ती बनाउन थाल्यो । बुबा आफ्नो छोराको कामको सफलताबाट खुसी हुने गर्थ्यो । तर हरेक पल्ट छोराको मूर्तीमा केही न केही कमजोरी निकालि हाल्थिए।

ऊ भन्ने गर्थियो, “मूर्ती धेरै राम्रो बनेको छ I  तर अर्को चोटि यो कमीलाई पुरा गर्नु । छोरो पनि केही गुनासो गर्दैनथ्यो । उसले आफ्नू बुबाको सल्लाहलाई स्विकार्दै आफ्नू मूर्तीलाई अझै निखार्दै, राम्रो बनाउँदै गयो । यसप्रकारको लगातार सुधारको प्रयासबाट छोराको मूर्ती बुबाको भन्दा राम्रो बन्न थाल्यो ।”

अन्ततः: यस्तो दिन पनि आयो छोराको मूर्तीलाई मान्छेले बुबाको मूर्तीलाई भन्दा धेरै पैसा तिरेर किन्न थाले । जब कि; बुबाको मूर्ती उसको पहिलेको मूल्यमा नै बिकि रह्यो । बाबु अझसम्म पनि छोराको मूर्तीमा कमजोरी निकाल्थियो । तर छोरालाई अब; यो व्यवहार राम्रो लग्न छाड्यो । मन नभएपनि उ त्यो कमजोरीलाई स्विकार थियो र आफ्नो उक्त कमजोरीमा सुधार ल्याउँथ्यो । एक दिन यस्तो दिन आयो जब; बुबाले उसको मूर्तीमा कमजोरी निकालिरहेको थियो तब छोराले भन्यो – “तपाईँ त यसरी भन्नु हुन्छ कि; तपाईँ धेरै ठुलो मूर्तीकार हो। यदि तपाईँमा यत्रो अक्कल भएकै भए तपाइको मूर्ती थोरै मूल्यमा बिक्ने थिएनन् । मलाई लाग्दैन कि; मैले तपाइको सल्लाह लिनु आवश्यक छ । मेरा मूर्ती उत्कृष्ट छन्।” बुबाले छोराको यो कुरा सुन्यो ।

अब उसले छोराको मूर्तीमा कमजोरी निकालेर उसलाई सल्लाह दिन छाडिदियो । केही महिना त छोरो खुसी रह्यो । तर फेरि उसले  गर्‍यो । मानिसहरूले अब उसको मूर्तीको प्रशंसा गर्न छाडे । जति पहिला गर्ने गर्दथे । र उसको मूर्तीको मूल्य बढ्न पनि छाड्यो । सुरुमा त छोराले केही बुझेन । तर फेरि उ आफ्नो बुबाको नजिक गयो । अनि उसको समस्याको बारेमा सुनायो । बुबाले छोराको कुरा एकदम ध्यानसँग सुन्यो । सायद उसलाई पहिले नै थाहा थियो कि; कुनै दिन यो दिन पनि आउने वाला छ। छोराले पनि यो कुरा महसुस गर्‍यो । तब; उसले सोध्यो कि- “के तपाईँलाई पहिले नै थाहा थियो कि निश्चित रुपमा यस्तो हुनेछ ?”

बुबाले भने, “अह ! किनकि आज भन्दा धेरै वर्ष पहिले म पनि यो अवस्था सँग ठोक्किएको थिए । छोराले प्रश्न गर्‍यो-” तर तपाइले किन पहिले मलाइ यो कुरा बुझाउनु (सम्झाउनु) भएन? बाउले जबाफ दियो-” किनकि तिमी बुझ्न चाहँदैन थियौं। मलाई थाहा छ कि; तिमीले जस्तो उत्कृष्ट मूर्ती म बनाउन सक्दिन। यो पनि हुन सक्छ कि; मैले दिएको सल्लाह कतिपय अवस्थामा गलत पनि हुन्थिए होलान् । तर यस्तो पनि हैन कि मेरो आलोचनाका कारण तिम्रो मूर्ती उत्कृष्ट हुन्थिए ।”

तर जब म तिम्रो मूर्तीमा कमजोरी देखाउँथे; तब तिमी आफूले बनाएको मूर्तीबाट सन्तुष्ट हुदैन थियौं । तिमी स्वयमलाई उत्कृष्ट बनाउन कोसिस गर्द थियौ । र त्यही उत्कृष्ट हुन खोज्ने कोसिस तिम्रो सफलताको कारण थियो । तर जुन दिन तिमी आफ्नो कामबाट सन्तुष्ट भयौ र तिमीले यो पनि स्विकार्‍यौ कि; यसमा अझ राम्रो गर्ने ठाउँ नै छैन। तिम्रो प्रगतीको बाटो त्यहि रोकियो ।

मानिस/ ग्राहक, सुभचिन्तक, प्रशंसक सधैँ तिमीबाट उत्कृष्टताको अपेक्षा राख्छन् । यसै कारण मान्छेले तिम्रो मूर्तीको प्रशंशा गर्न छाडेका हुन् I अनि तिम्रो श्रमको मुल्यांकन, पैसा पनि बढ्न छोड्यो ।”

छोरो केही समय चुप रह्यो । अनि उसले प्रश्न सोध्यो- ” त्यसो भए अब मैले के गर्नु पर्छ त?”

बुबाले एक वाक्यमा जबाफ दिए-“असन्तुष्ट बन्न सिक । मान कि; तिमीमा हर समय राम्रो बन्ने असिमित भूभाग अझ बाकि नै छ। यही एउटा कुराले सधैव तिमीलाई उत्कृष्ट बन्न  प्रेरणा दिइरहने छ । तिमीलाई हरेक समय उत्कृष्ट बनाई रहने छ ।”

उत्कृष्टताको कुनै ठोस मापदण्ड नहोला तर उत्कृष्टताको शिखर चुम्न पनि कसैले सकेको छैन I उत्कृष्टता आकाश जस्तै हो I जति माथि पुगे पनि अझ माथि जाने ठाउँ रहिरहन्छ I

प्रस्तुती: ईश्वर लुईटेल

प्रतिक्रिया

सम्बन्धित

एक्लो जिन्दगीमा रमाउन सिकाए !

५ घन्टा अगाडि ४ मिनेटमा पढिने

नेपालमा उद्यमशीलताको आवश्यकता – किन ?

२ दिन अगाडि २ मिनेटमा पढिने