‘आज बाहिर गएर खाऊ न’ भन्ने संस्कारको विकास

सबैभन्दा ठुलो कुरा त प्यासन नै हो । त्यसपछि एउटा व्यवसायीले ध्यान दिनु पर्ने कुरा व्यवस्थापन हो जस्तो लाग्छ । जस्तो हाम्रो क्षेत्र को कुरा गर्दा; अतिथि सत्कार, सरसफाइ, खान र त्यसको स्वाद मात्र नभएर-ग्राहकको प्रतिक्रिया सँगै स्टाफहरूको बिचार लाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

हाम्रो कथा २०७५ माघ ५ गते १७:३३

साजन श्रेष्ठ सम्झन्छन्, “एक जना बिदेशी हाम्रो रेस्टुरेन्टमा खान आउनुभयो। उहाँलाई हाकु छोईला  पस्कियौं I एक प्लेट हाकु छोईला  खाए पछी थप दुई प्लेट हाकु छोईला  मगाउनु भयो। उहाँलाई सार्है मन परेछ। सो-छोईलाको रेसेपी सोध्नु भयो I आफ्नो मौलिक रेसेपी हो भन्दा उनले भने कि म भोली फेरी आउछु यहि छोईला खानलाई। उहाँ भोली पल्ट पनि छोईला खान आउनुभयो I यसले मलाई निकै खुसी बनायो।”

हाम्रो कथा : होटेल व्यवसाय क्षेत्रको भविष्य चाहिँ कस्तो देख्नुहुन्छ?

साजन श्रेष्ठ : धेरै राम्रो छ। अहिले हाम्रो संस्कार पनि परिवर्तन हुँदै छ। हप्ताको एक पल्टसम्म परिवार नै आज बाहिर गएर खाऊ न भन्ने संस्कार बस्न थालेको छ । अनि रेस्टुरेन्ट-लाउन्जहरू पनि खुल्दै छन् । पुरै क्षेत्र नै विकास भइरहेको छ । अझ यो उचाइ पुग्छ जस्तो लाग्छ।

हाम्रो कथा : अहिले बिजनेसमा आउन खोज्दै गरेका युवाहरूलाई तपाईँ केही भन्न चाहनुहुन्छ?

साजन श्रेष्ठ :आजको भोलि कुनै पनि व्यवहारिक विषयको प्रतिफल आउन सक्दैन। त्यसो भएको भएर व्यवसायमा आउन खोज्ने युवा साथीहरूलाई म के भन्न चाहन्छु भने – आउनुहोस् यहाँ सफलताका अनेकौँ अधारहरुले तपाईलाई कुरी रहेको छ।  तर आजको भोलि सफल बन्ने सपना देख्नु भएको छ भने चाहिँ व्यवसाय बिर्सेर पनि नगर्नुहोस्। कम्तीमा १ देखि २ वर्ष लगानी गरेर धैर्यता राख्नु सक्नुहुन्छ भने कुनै सम्मपन्न मुलुक भन्दा कम सम्भावना यहाँ पनि छ।

हाम्रो कथा : तपाईमा भाइब्सको सोच कसरी आयो ? भाइब्स सुरु गर्नु भएको कति भयो ?

साजन श्रेष्ठ : भाइब्सको सोच म र मेरो भाई सुभम श्रेष्ठको हो। भाईले पनि यही क्षेत्र अन्तर्गतको पढाई होटेल व्यवस्थापन (एच.एम) सक्कायो । मैले पनि होटेल व्यवस्थापन मै  (ब्याचलर) स्नातक सक्काए । अनि कतार र मलेसियाबाट इन्टनसिप पनि गरेर फर्के। यहाँ आउँदा आफ्नो उमेर समूहका सबै साथीको विदेश जाने लहर नै चलेको रहेछ । अनि के गर्ने त भनेर सोच्दै बस्दा चार वर्ष त्यतिकै बित्यो । अहिले चाहिँ अलिअलि पछुतो पनि हुन्छ। मैले चार वर्ष पहिले नै सुरुगरेको भए अझै पिक मा पुग्थिए होला। तर पनि अडिक चाहिँ छु। एक वर्ष भयो सुरु गरेको, सुरुमा भाई पनि थियो। अहिले चाहिँ ऊ अस्ट्रेलिया छ I म एक्लैले चलाएको छु , भाई अष्ट्रेलियामा भए पनि उसको साथ सहयोग भने रहिरहेको छ। अब केही समय पछि ऊ यतै फर्कन्छ होला ।

तस्वीरमा: साजन श्रेष्ठ र सुभम श्रेष्ठ

हाम्रो कथा : एक वर्षको अन्तरालमा यस व्यवसायबाट तपाईले के सिक्नु भयो त ?

साजन श्रेष्ठ : जुन बाटोमा गईरहेका थियौं। त्यो चाहिँ अलि खस्केको हो कि जस्तो लाग्छ ।अहिले भाई पनि छैन, म एक्लै छु । तर पनि म आफू चाहिँ सन्तुष्ट नै छु ।  बिस्तारै यसलाई अझै व्यवस्थित र व्यावसायिक हिसाबले पनि चुस्त बनाउँदै लैजाने सोच छ। पढेर भन्दा पनि परेर चाहिँ धेरै सिकिँदो रहेछ। यही कुरा सिक्दै छु।

हाम्रो कथा : तपाईका लक्षित ग्राहक चाहिँ कुन उमेर समूहका छन् ?

साजन श्रेष्ठ : टार्गेट त युथहरू नै हो । तर हाम्रो ‘लाइभ म्युजिक’ र लाउन्जले गर्दा टिन एजरहरु चाहिँ बढी नै आकर्षित देखिन्छन् ।  पाटन दरबार स्कवायर क्षेत्रमा अन्य लाउन्जहरू नभएको हुनाले स्थानीयहरू पनि आउनुहुन्छ । राम्रो प्रतिक्रिया दिनुहुन्छ । खुसी लाग्छ ।

हाम्रो कथा : भाइब्सले ग्राहकलाई कसरी आकर्षित गरेको छ ?

साजन श्रेष्ठ : मैले जे पढे त्यही क्षेत्रमा काम गरिरहेको छु I  सबैभन्दा पहिले स्वागत देखि लिएर खाना अनि ‘लाइभ सो’हरू सम्मबाट प्रभावित भएर ग्राहक आउने गर्नु हुन्छ।

हाम्रो कथा : तपाईले आफ्ना ग्राहक र खानाको स्वादमा चाहिँ कसरी काम गर्नु भएको छ ?

साजन श्रेष्ठ : हामीले स्वाद चाहिँ चाइनिज, इन्डियन र नेपालीलाई संयुक्त रूपले दिएका छौ। ग्राहकको फरक स्वादलाई समेत सोचेर जस्तो कि; बफेल्लो विङ्ग्स भयो अनि पहिले देखि चल्दै आएको सिज्जलर भयो अनि नेपाली संस्कारका खाना नेवारी किचेनबाट “हाकु छोइला” यस्तै यस्तै छन्। अनि समय समयमा ग्राहकको प्रतिक्रिया लिँदै खानाको स्वाद र खाना पनि परिमार्जन गर्ने गर्दछौ।

हाम्रो कथा :  खानाको स्वाद सँग ग्राहकको सम्बन्ध कस्तो पाउनु भएको छ ? अनि यो भावनात्मक सम्बन्धलाई तपाइले कसरी व्यवस्थापन गर्नु भएको छ ?

साजन श्रेष्ठ : मुख्य रूपले हामीले सफा, सुघर र स्वादमा नै विशेष ध्यान दिएका छौ । एउटा ग्राहकले खोज्ने पनि त्यही हो जस्तो लाग्छ ।

हाम्रो कथा : तपाईको व्यवसायमा परिवारको साथ कस्तो छ ?

साजन श्रेष्ठ : अहिले त ठिकै छ। सुरुमा चाहिँ मैले उहाहरुलाई विदेश जान्छु भनेर पैसा मागेर उहाँ हरूलाई नभनी व्यवसायमा लगानी गरे। सुरुका दिनमा त निक्कै रिसाउनु भयो । बिस्तारै चाहिँ ठिकै छ आफूलाई जे ठिक लाग्छ त्यो गर भन्नुहुन्छ।

हाम्रो कथा : व्यापारमा सफलता का सूत्रहरू के-के रहेछन् ?

साजन श्रेष्ठ : सबैभन्दा ठुलो कुरा त प्यासन नै हो । त्यसपछि एउटा व्यवसायीले ध्यान दिनु पर्ने कुरा व्यवस्थापन हो जस्तो लाग्छ । जस्तो हाम्रो क्षेत्र को कुरा गर्दा; अतिथि सत्कार, सरसफाइ, खान र त्यसको स्वाद मात्र नभएर-ग्राहकको प्रतिक्रिया सँगै स्टाफहरूको बिचारलाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

हाम्रो कथा : हाम्रो बजारमा खानाको क्षेत्रमा सम्भावना कस्तो देख्नु हुन्छ ?

साजन श्रेष्ठ : अहिले चाहिँ कस्तो छ भने मान्छेलाई एकदम फरक स्वाद चाहिएको छ । अहिले मान्छे खाना भनेर खानाको परिकार मात्र हेर्दैन । एकदमै नौको स्वादको खोजीमा आईरहेको हुन्छ । मेरोमा पनि दैनिक ग्राहकहरू हुनुन्छ उहाँहरू भन्ने गर्नु हुन्छ “कति खानामा यहाँ मात्र त्यो स्वाद पाएर आईन्छ” भन्नुहुन्छ।  अघि पनि मैले भने जस्तो ‘बफेल्लो विङ्ग्स’अरू ठाउँमा पाए पनि यहाँको जस्तो स्वाद अरू ठाउँमा छैन भन्नु हुन्छ। यहि प्रतिक्रियाबाट खुसी मिल्छ।

हाम्रो कथा : यो व्यवसायलाई अझै स्तरीय बनाउनका निम्ति व्यवसायीहरूले के कुरामा ध्यान दिनु पर्छ जस्तो लाग्छ ?

साजन श्रेष्ठ : त्यही हो वेस्ट क्वालिटि र चिप प्राइज (सुपथ मुल्य) मै ध्यान दिनुपर्छ। यति नै कुरा हो जसमा एकदमै ध्यान दिनु पर्छ ।

हाम्रो कथा : बजारसम्म आई पुग्दा राम्रो सम्भावना भएका हाम्रा स्थानीय त्यस्ता केही खाना देख्नु भएको छ ?

साजन श्रेष्ठ : छ नि ! मेरो आफ्नै पृष्ठभूमी पनि नेवारी हो । नेवारी मै छ जस्तो नेवारी पिज्जा भनेर धेरै प्रसिद्ध छ। मैले अहिले चाहिँ दिन सकेको छैन तर कोशिष गरिरहेको छु । नेवारी पिज्जा कस्तो हुन्छ भन्दा – चट्टामरीलाई मेकअप गरेर माथिबाट टपिंग चिज राखेर बनाइन्छ । यसलाई धेरैले रुचाएका छन् । बारा, हाकु छोइला जस्ता धेरै हाम्रा ट्रेडिसनल खानालाई बजारमा राम्रो तरिकाले ल्याइयो भने धेरै राम्रो सम्भावना देख्छु ।

हाम्रो कथा : आगामी योजनाहरू चाहिँ के छन् ? व्यवसायलाई  कसरी अगाडी बढाउँदै हुनुहुन्छ ?

साजन श्रेष्ठ : खानामा पनि हामी अझै काम गरिरहेका छौ। ग्राहकको स्वाद, प्रतिक्रिया अनुसारका खानाहरूलाई सधैँ हामीले ध्यानमा राखेर काम गर्दै छौ। त्यही हो; अहिले धेरैले चाहिँ लाउन्जको पनि खोजी गर्नुहुन्छ। त्यसैले अहिले चाहिँ लाउन्जलाई आझै राम्रो गर्दै लजसम्मको सोच बनाउँदै छु ।

(भाइव्स रेस्ट्रो एण्ड लाउन्जका संस्थापक साजन श्रेष्ठ र ईश्वर लुईटेलको कुराकानीमा आधारीत)

 

 

प्रतिक्रिया

सम्बन्धित

एक्लो जिन्दगीमा रमाउन सिकाए !

५ घन्टा अगाडि ४ मिनेटमा पढिने

नेपालमा उद्यमशीलताको आवश्यकता – किन ?

२ दिन अगाडि २ मिनेटमा पढिने