अब भान्सा-भान्सामा नेपाली ग्याँस सिलिण्डर

बायोग्याँस एल.पी.जी ग्यागको राम्रो विकल्प बन्न सक्छ I यदि एल.पी.जीमा कुनै एक भाडा १० मिनेट लगाएर पानी तात्छ भने, यसमा ७ मिनेटमा त्यति नै पानी तात्छ I अहिले ३० देखी ४० प्रतिशत स्थानीय रेस्टुरेन्टहरुमा बायोग्याँस प्रयोग हुन्छ I

हाम्रो कथा २०७५ माघ ४ गते १७:५८

के तपाई आफ्नो भान्सामा नेपाली ग्याँसका सिलिण्डर होस् भन्ने चाहनुहुन्छ ? यदी त्यसो हो भने तपाईको यो सपना पनि पुरा हुँदैछ ।

नवलपरासीको शुक्रौलीमा रहेको इन्भिपावर एण्ड फर्टिलाइजर कम्पनीले बायो ग्याँस उत्पादन गरिरहेको छ । अहिले यहाँबाट उत्पादीत ग्याँस बुटवल र भैरहवाको होटल / रेष्टुरेन्टमा र औद्योगिक प्रयोजनमा प्रयोग हुन थालेको छ । अब यस कम्पनीले सर्वसाधारणको घरमा भने पाईपलाईन मार्फत पुर्याउने योजनामा छ।

कम्पनीले हरेक दिन १५० सिलिण्डर बायो ग्याँस उत्पादन गर्दै आइरहेको छ । प्रतिसिलिण्डर ग्याँसको मुल्य १०४८ रुपैंया तोकिएको छ । र, एक सिलिण्डरमा करिब १२ किलो ग्याँस भरिएको हुन्छ । हामीले दैनिक प्रयोग गरिरहेको एक सिलिण्डर एलपी ग्याँस तीन महिनालाई पुग्छ भने यो ग्याँस चार महिना सम्म पुग्ने कम्पनीको दाबी छ । यसबाट जैविक मल पनि उत्पादन हुन्छ । अहिले दैनिक १२ टन जैविक मल उत्पादन भैरहेको छ ।

इन्भिपावर एण्ड फर्टिलाइजरका संचालक सुदिप कुमार अग्रवालले बताउनुभयो कि अब बायोग्याँस एल.पी.जी ग्यागको राम्रो विकल्प बन्न सक्छ I यदि एल.पी.जीमा कुनै एक भाडा १० मिनेट लगाएर पानी तात्छ भने, यसमा ७ मिनेटमा त्यति नै पानी तात्छ I अहिले ३० देखी ४० प्रतिशत स्थानीय रेस्टुरेन्टहरुमा बायोग्याँस प्रयोग हुन्छ I

दुईबर्ष अघिदेखी उत्पादन थालेपनि व्यबसायिक उत्पादन सुरु भएको एक बर्ष मात्रै भयो । बायोग्याँस उत्पादनको लागि कम्पनीले स्थानीय बजारबाट कुखुराको सुली, गाईभैंसीको गोबर तथा चिनिमिलको जैविक फोहर संकलन गर्ने गरेको छ । कच्चापदार्थको उत्पादनका लागि १५ बिघा जग्गा भाडामा लिईएको छ । मौसम अनुसारका वनस्पति लगाएर त्यसलाई कुहाई ग्याँस बनाउने योजना रहेको छ कम्पनिको ।

यसैलाई प्रशोधन गरेर ग्याँसको उत्पादन हुन्छ । ग्याँस उत्पादन गर्ने प्लान्ट जर्मनको स्वचालित प्रविधिमा आधारित छ । यहाँका मेशिनहरु भरत, जर्मनी र अष्ट्रेलियाबाट भित्रिएका हुन् ।

बायोग्याँस प्लान्ट निर्माण गर्न २२ करोड रुपैंया खर्च भएको थियो । जसमध्ये प्लान्ट निर्माण गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले करिब पाँच करोड रुपैंया अनुदान उपलब्ध गराएको छ । यो प्लान्ट ३ हजार ७ सय ५० घन मिटरको छ । यो कम्पनी नेपालमा बायोग्याँसको उत्पादन र विक्रि गर्ने पहिलो कम्पनि हो ।

बायो ग्याँस उत्पादन गर्नका लागि दिनहुँ हाम्रा घरबाट निस्कने जैविक फोहरलाई उपयोग गर्न सकिन्छ । हाम्रा ठुला शहरमा त झन फोहर व्यबस्थापन समस्याको रुपमा रहेको छ । जैविक फोहरलाई मात्र पनि बायो ग्याँस उत्पादनमा प्रयोग गर्न सकियो भने यसबाट आम्दानीका साथै सरसफाईमा समेत फाइदा पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने

नराम्रा बानी कसरी हटाउने ?

२ दिन अगाडि १ मिनेटमा पढिने