‘वल्ड ईकोनोमिक फोरम’मा नेपालको प्रतिनिधित्व – यसले हामीलाई के-कस्तो उपलब्धी ?

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च ‘वल्र्ड इकोनोमिक फोरम’ को वार्षिक सम्मेलनमा भाग लिन आउँदो आइतबार स्वीट्जरल्याण्डको डाबोसमा जाँदै हुनुहुन्छ । यो फोरमलाई विश्व अर्थतन्त्र कता जाँदै छ भनेर दिशा निर्देश गर्ने फोरमको रूपमा पनि बुझ्ने गरिन्छ । जहाँ विश्वका एक सय मुलुकका राष्ट्रप्रमुख र सरकारप्रुमखहरु सहभागी हुन्छन् ।

हाम्रो कथा २०७५ माघ ३ गते १७:५४

वल्ड ईकोनोमीक फोरममा नेपालको कुनै पनि प्रधानमन्त्रीलाई निमन्त्रणा आई भाग लिएको यो पहिलो पटक हो ।

अर्थ शास्त्री डा. विश्व पौडेलले बताए अनुसार, यस फोरममा १०० भन्दा धेरै राष्ट्र प्रमुखलाई निमन्त्रित गरिन्छ I आफ्नो ईकोनोमिक वल्ड भिउलाई अन्तरक्रियामा ल्याउँदै, चिनका राष्ट्रपति सुई. जिङ्गपिङ्ग र अन्य आर्थिक जगतमा प्रभावकारी व्यक्तिवहरुको पनि यो फोरममा सहभागिता हुन्छ I यो फोरमलाई अघि बढाउने प्रचलन चलेको अहिले ४० वर्ष भन्दा धेरै समय नागेको छ I

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च ‘वल्र्ड इकोनोमिक फोरम’ को वार्षिक सम्मेलनमा भाग लिन आउँदो आइतबार स्वीट्जरल्याण्डको डाबोसमा जाँदै हुनुहुन्छ ।

यो फोरमलाई विश्व अर्थतन्त्र कता जाँदै छ भनेर दिशा निर्देश गर्ने फोरमको रूपमा पनि बुझ्ने गरिन्छ । जहाँ विश्वका एक सय मुलुकका राष्ट्रप्रमुख र सरकारप्रुमखहरु सहभागी हुन्छन् ।

यो फोरमका ‘स्ट्राटेजिक आउट लुक अन साउथ एसिया’ र सेपिङ द फ्यूचर अफ डेमोक्रेसी’ शिर्षकका २ वटा सत्रमा  प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु हुनेछ । त्यस्तै अर्को एउटा महत्त्वपूर्ण सत्रको पनि उहाँलाई निमन्त्रणा छ जहाँ जी २० (G 20) का सरकार तथा राष्टप्रमुखको मात्र सहभागिता रहनेछ । उक्त सत्रमा पनि प्रधानमन्त्री ओलीलाई अन्तर संवादका निमित्त निमत्याईको छ ।

हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले विश्लेषण गरे अनुरुप ,

-भू- राजनीति र आन्तरिक राजनीतिका परिवर्तनको केन्द्रमा अहिले हाम्रो प्रधानमन्त्री ज्यु हुनुहुन्छ I

-नेपाल नाकाबन्दीसँग जुध्यो I नेपालको नयाँ संविधान प्रतिको प्रधानमन्त्रीज्यूको के. पी शर्मा ओली ज्युको अडान I

-त्यसपछि चीनसँगको नेपालको सम्बन्ध अझ बलियो बन्दै गयो I नेपाल चीन पर वाहन सन्धि को प्रगती I

-अनि नेपालका दुई ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादीको गठबन्धन I

यस्ता घटनाहरू प्रति विश्व समुदाय निकै उत्साहित रही नेपाललाई हेर्दछन् I र, यी घटनाका केन्द्रबिन्दुमा प्रधानमन्त्री के.पी शर्मा ओली ज्यु हुनुहुन्छ I त्यसैले, नेपाल पनि यो सम्मेलनको निमन्त्रणा विशेष छ I

सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका नेतासँग साइड लाइन छलफल गर्नुहुनेछ । वल्ड ईकोनोमिक फोरम विश्वका विभिन्न मुलुक र ठुला कम्पनीहरू जोडिएको गैरनाफामुलक संस्था हो । यो फोरमलाई विश्व अर्थतन्त्र कता जाँदै छ भनेर दिशा निर्देश गर्ने फोरमको रूपमा पनि बुझ्ने गरिन्छ ।

सन् १९७१ मा ‘युरोपियन म्यानेजमेन्ट फोरम’को रूपमा स्थापना भएको यो मञ्चको प्रभावकारिता बढ्न थालेपछि १९८७  ‘वल्ड ईकोनोमिक फोरम’ बनाइयो र विश्वप्यापी एजेण्डाहरुमा छलफल थालियो । सन् २०१५ मा यो संस्थाले आधिकारिक रूपमा अन्तर्राष्ट्रिय संस्थाको रूपमा मान्यता पाएको छ । अहिले संसारभरका झन्डै  एक हजार ठुला कम्पनीहरू यसका सदस्य छन् । अन्तर्राष्ट्रिय संस्थाको रूपमा मान्यता पाएपछि यो फोरमको प्रभावकारिता झन् बढेको छ । सरकार, निजी कम्पनी र नागरिक समाजका नेताहरूको आर्थिक, राजनीतिक र सामाजिक विषयमा मन्थन गर्ने अन्तर्राष्ट्रिय थलो बनेको छ । यसमा सहभागिता जनाउने र बहसमा भाग लिने मुलुकहरूको सङ्ख्या बढ्न थालेको छ ।

विश्व स्तरमा अर्थशास्त्री, विश्वका अगुवा बिजनेस हाउसका सी.ई.वो र राष्ट्र प्रमुखहरू बिचको अन्तरक्रिया भनेको नेपालको लागी राम्रो अवसर हो I यस फोरमबाट नेपालमा हुन लागेको लगानी सम्मेलनलाई पनि सकारात्मक प्रभाव पर्नेछ भन्ने जानकारी लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताउनुभयो I

आउँदो चैत्रमा सरकारले नेपालमा लगानी सम्मेलनको आयोजना गर्दैछ । यो पृष्ठभूमिमा यो फोरममा यस पटक नेपालको सहभागिता निकै महत्त्वपूर्ण हुनेछ ।

सरकारको नेतृत्व सम्हालेदेखि नै प्रधानमन्त्री ओलीले यस्ता विश्वमञ्चहरुमा  नेपालका अवस्थाबारे अवगत गराउँदै आउनु भएको छ । यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा धेरै मुलुकका राष्ट्र र सरकार प्रमुखसँग नेपालबारे छलफल गर्नुभएको थियो । यस पटक पनि उहाँले सकेसम्म धेरै विश्वनेताहरुसंग कुराकानी गर्ने  गर्नुहुनेछ । जसले नेपाललाई विश्वमञ्चमा अझै माथि उठाउने अवसर मिल्नेछ ।

प्रतिक्रिया