विद्युत र बाटोको पहुँच भएपछि आमाले भन्नुभयो, “भगवान नै आको जस्तो लाग्दैछ नि !”

उहाँले पछिल्लो शुक्रबार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा बिद्युत प्रसारण लाइन उद्घाटन गर्नुभएको हो । यसैगरी उहाँले पुर्वी नेपालका चार जिल्ला जोड्ने भेडेटार–रवी–राँके सडक योजनाको शिलान्यास गर्नुभयो । गएको बिहिबार नैं उहाँले बालकुमारी ललितपुरमा फोहर पानी प्रशोधन केन्द्रको उद्घाटन गर्नुभयो ।

हाम्रो कथा २०७५ पुष २७ गते १७:३५

‘यस आर्थिक वर्ष भित्र निर्माणाधीन विभिन्न परियोजनाहरु सम्पन्न हुने र नयाँ योजनाहरुको शिलान्यास हुँदैछन् । ती मध्ये यही माघ महिना भित्र झण्डै छ दर्जन परियोजनाहरु केहीको उद्घाटन र केहीको शिलान्यास सम्पन्न हुँदैछन् ।’

सरकारले विकास निर्माणको क्षेत्रमा कसरी तिव्र गतिमा काम गर्दैछ भन्ने सम्बन्धमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युले आइतबार प्रतिनिधि सभामा दिनुभएको सार्वजनिक महत्वको वक्तव्य हो यो ।

उहाँले पछिल्लो शुक्रबार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा बिद्युत प्रसारण लाइन उद्घाटन गर्नुभएको हो । बिद्युत प्रसारण लाइन निर्माण भएपछि विकट गाउँ अहिले उज्यालो भएको छ । सरकार गठन भएपछि अहिलेसम्ममा ३० हजार नयाँ ग्राहकको घरमा बिद्युत जडान भएको छ । सरकारले विकट गाउँ उज्यालो बनाउन तिव्र काम गर्दैछ भन्ने यो भन्दा गतिलो उदाहरण अरु के हुनसक्छ ।

इलामको एक स्थायी बासिन्दा भन्नुहुन्छ कि खुशी लागी रहेको छ कि अब बाटो छ, बिजुली छ I बिरामी हुदाँ, गार्हो सार्हो पर्दा कति दु:ख थियो I अब सजिलो हुने भयो I

त्यस्तै एक बृद्ध आमाले व्यक्त गर्नुभयो, “भगवान नै आको जस्तो लाग्दैछ नि !”

यसैगरी उहाँले पुर्वी नेपालका चार जिल्ला जोड्ने भेडेटार–रवी–राँके सडक योजनाको शिलान्यास गर्नुभयो । एक सय किलोमिटर लामो यो सडकखण्ड कोशीलोकमार्गको भेडेटारबाट सुरु भई मेची लोकमार्गको राँकेमा गएर टुंगिन्छ । प्रदेश १ को आर्थिक मेरुदण्डको रुपमाविकास हुँदै गरेको यो सडकले धनकुटा, मोरङ, पाँचथर र इलाम जिल्लाका विकट गाउँका सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्नेछ । सडक ७ मिटर कालोपत्रे र दुवैतर्फ १/१ मिटर सोल्डर सहित ९ मिटरको हुनेछ । यो सडक भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेकले निर्माण गर्न लागेको हो । तीन वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।

यसैगरी प्रधानमन्त्रीज्युले सोहि दिन इलाममा लगानी सम्मेलनको उद्घाटन गर्नुभयो । सामान्य परिवारमा हुर्किएर राष्ट्रका लागि लडेको र परिवर्तनका लागि जेल जीवन समेत विताउनुपरेको भन्दै इलाम नगरपालिकाले नागरिक अभिनन्दन गरेको हो ।

विकास निर्माणले तिव्रता पाउन थालेपछि प्रधानमन्त्रीज्यु उद्घाटन र शिलान्यासमा व्यस्त हुन थाल्नुभएको छ । गएको बिहिबार नैं उहाँले बालकुमारी ललितपुरमा फोहर पानी प्रशोधन केन्द्रको उद्घाटन गर्नुभयो । यो प्रशोधन केन्द्रको क्षमता १ करोड ७५ लाख लिटर प्रतिदिन रहेको छ । प्रशोधन केन्द्रको निर्माणले गठ्ठाघर, मनोहरा, बालकुमारी लगायतका क्षेत्रमा बसोबास गर्ने  कबिर ३ लाख ८० हजार जनसंख्यानदीको दुर्गन्धबाट मुक्त हुनेभएका छन् । यसले दैनिक ३ टनभन्दा बढी मलका साथै बायोग्याँस पनि उत्पादन गर्नेछ । यस्तै खालको फोहर पानीप्रशोधन केन्द्र उपत्यकामा धोबीघाट, सल्लाघारी, गुह्येश्वरीमा पनि निर्माण भईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित