अन्तर्वार्तामा आफ्नो परिचय- कसरी प्रस्तुत गर्ने ?

आफ्नो परिचयमा के-कस्ता विषयवस्तुहरू समावेश गर्ने र कसरी गर्ने बुझौं !

हाम्रो कथा २०७५ पुष १८ गते १५:२७

कतिपय अवस्थामा यदि कुनै फिल्मको सुरुवाती भाग रमाइलो नलागे, त्यो फिल्म पुरा हेर्ने चाहना नै मर्दै जान्छ I अन्तिमसम्म सो फिल्म बुझ्ने, फिल्मबाट आनन्द लिने उत्साह मर्दै जान्छ I

त्यस्तै, कुनै पनि जागिरको अन्तर्वार्तामा पनि यदि हामीले आफ्नो परिचय राम्रो प्रस्तुत गर्‍यौँ भने रोजगारदातालाई हामीमा रुचि हुने हो I त्यसका लागी, परिचयमा के-कस्ता विषयवस्तुहरू समावेश गर्ने र कसरी समावेश गर्ने बुझ्न जरुरी छ I

१) आफ्नू परिचय, हामी आफैले तयार गर्ने हो ‘बी योरसेल्फ’

आफ्नो परिचय तयार गर्दाको लेख – आफैले लेख्नु पर्छ I किनकि, आफूलाई सबै भन्दा राम्रोसँग चिन्न सक्ने क्षमता आफू स्वयंसँग मात्र हुन्छ I मेरो दाइले राम्रो लेख्दिनुहुन्छ, मलाई राम्रोसँग बुझ्नु पनि हुन्छ; सोच्ने काम गर्दै नगरौं I

२) परिचयको आवधी

आफ्नो परिचय धेरै लामो बनाउनु हुन्न I सटिक रूपमा १ मिनेटमा बयान गरी सकिने परिचय तयार गरौँ I जस्तै: १२० शब्द लामो परिचय पर्याप्त हुन्छ I

तर, अतिरिक्त परिस्थितिको लागी पनि तयारी चाहिँ गर्नुपर्छ I

(क)  यदि तपाईँलाई ३० सेकेन्डमा आफ्नो परिचय भ्याउनु पर्ने भयो भने; तपाईँ आफ्नो परिचयबाट कुन-कुन बुँदाहरू घटाउने र,

(ख) यदि तपाईँलाई २ मिनेट लामो परिचय दिने समय उपलब्ध गराइयो भने  कुन-कुन बुँदाहरूको व्याख्या गर्ने भन्ने कुरामा हामी प्रस्ट हुनुपर्छ I

यी सबै कुराहरूको आधार भने हामीले तयार गरेको १ मिनेट लामो परिचयको आधारमा नै तयार गर्ने हो I

३) पूर्व तयारी गर्ने

हामीले सामान्यतः गल्ती गर्ने ठाउँ – हामी आफ्नो पारिवारिक पृष्ठभूमिबारे अन्तर्वार्तामा बयान गर्छौँ I त्यसो गर्नु आवश्यक छैन I अन्तर्वार्ता समाप्त हुँदा यदि तपाईँको पृष्ठभूमि, परिवार, घर, ठेगाना कसैले सोधे पछि मात्र यी अतिरिक्त कुराहरू गर्दा हुन्छ I सुरुवाती चरणको परिचयमा व्यक्तिगत विषयहरू समावेश नगर्दा हुन्छ I

आफ्नो योग्यता, सीप, विशेषता र अहिलेसम्मका उपलाब्धीहरु बारे वर्णन गर्ने हो I जस्तै, एक उदाहरण प्रस्तुत गर्दछौ:-

‘म बरदान गौतम I मैले हालै काठमाडौँ  विश्वविद्यालयबाट बी.बी.ए विशिष्ट क्षेणीमा उत्तीर्ण गरेको हुँ I हालै चौधरी ग्रुपको मार्केटिङ डीपार्टमेन्टमा ३ महिनाको ईन्टनसीप पनि गरे I बी.बी.ए भन्दा पहिले मैले ‘ए’ लेभल गरेको हुँ I मैले ‘ए’ लेभल गर्दा आफ्नो कलेजको ‘वक्तित्व कला क्लब’ को अध्यक्षको पद सम्हाले I बी.बी.ए मा पुग्दा चाहिँ वक्तित्व कला प्रतियोगिताहरूमा भाग लिन्थे I नेतृत्व विकास र उद्यमशीलता मेरो विशेष रुचिका विषय हुन् I केही वर्ष जागिरको अनुभव पछि , मलाई आफ्नै उद्यम सुरु गर्ने रहर छ I मेरो मेहनती स्वभाव, समयको पक्का र अनुशासित भएको कारण मलाई मेरा शिक्षक र साथीहरूले विश्वास गर्दछन् I’

(क) शैक्षिक योग्यताबारे कुरा गर्दा: उच्च शिक्षालाई माथि राख्नु

(ख) ईन्टनसीप/ स्वयमसेवाको कुरा: संस्थाको नाम र आफूले गरेको काम उल्लेख गर्ने

(ग) प्राप्त गरेको अङ्क: तपाईँ सन्तुष्ट हुनुहुन्छ भने मात्र खुलाउनु; नत्र खासै आवश्यक छैन

(घ) तपाईँको रुचीका विषयहरू

(ङ) तपाईँको बलियो पक्ष, विशेषता र क्षमता

४) त्यसपछि, अन्तर्वार्तामा थप सोधिने प्रश्नहरू आफै निर्धारण गर्ने गर्नु

माथि एउटा विशेष कुरा उल्लेख गरिएको छ कि तपाईँलाई भविष्यमा गएर आफ्नै उद्यम सुरु गर्नु छ I अब, स्वभावीक रूपमा तपाईँलाई सोधिन्छ कि “तपाईँलाई कस्तो उद्यममा रुचि छ I त्यसका लागी तपाईँलाई कति समय जागिरको अनुभवको आवश्यकता छ जस्तो लाग्छ?”

५) अभ्यास गर्नुहोस्

हामी सबैलाई थाहा छ कि, “अभ्यासले नै हामीलाई पूर्णता दिने हो I” ऐना अघि मुस्कुराउदै अभ्यास गर्नुस् I जति अन्तर्वार्ता दिने अनुभव हुन्छ, त्यति नै आत्म-विश्वास बढ्दै जाने हो I जब अनुभव बढ्दै जान्छ, सायद त्यति बेला यो लेख बच्चाबुच्चीले पढ्ने लेख जस्तो लाग्छ I (त्यसैले अभ्यास नै परिपक्कताको मूल मन्त्र हो I)

६) शान्त रहनुस्

शान्ति, मौनतामा धेरै शक्ति हुन्छ I हामीले आत्तिएर जति ऊर्जा खेर फाल्छौँ, त्यति समय यदि हामी शान्त बस्नु वा आराम गर्नु राम्रो हुन्छ I हाम्रो शरीर र मनलाई अन्तर्वार्ताको समय तन्दुरुस्त राख्न आवश्यक छ I मन शान्त रहे मात्र अन्तर्वार्तामा नहडवडाउने सम्भावना बढि रहन्छ I त्यसैले, शान्त रहने अभ्यास पनि नियमित गरौँ I थप, भित्री मनको शान्तिले नै हाम्रो शरीर(हात, खुट्टा)को राम्रो हाउभाउ, अनुहार र आँखाको चमक बनाई राख्ने हो I यसले हाम्रो व्यक्तित्वलाई रोजगारदाता सामु प्रस्तुत गर्दछ I

प्रस्तुती: बिबिता कोइराला

 

प्रतिक्रिया

सम्बन्धित

होलीले सिकाउने ‘नेतृत्व’को पाठ !

३ घन्टा अगाडि १ मिनेटमा पढिने

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२२ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने