नेपाली खाजा पपकोर्नलाई प्याकेट-प्याकेटमा पस्कँदै

'एपिकल वाउँ पपकर्न'ले उद्यम र हेल्थलाई जोड्दै

आउटलेट राखेको हप्ता दिनमै १० ठाउँबाट आउटलेट रख्दिनु पर्यो भन्ने डिमायण् आयो । अहिले काठमाण्डौमा मात्र ३० ठाउँमा आउटलेट रहेका छन । देशका विभिन्न स्थानमा पपकर्न पुग्छन । यहि उद्योगबाट २८ जनाले रोजगारी पाएका छन् । न्यूनतम २० रुपैयाँदेखि एक सय रुपैयासम्म मुल्य पर्ने उनको उत्पादन छन । आउटलेटमा भने १ सय र २ सय रुपैयामा जोखेर खरिद गर्न पाईन्छ । सबैले रुचाएका पपकर्नलाई उनले ग्राहककै रुचिअनुासर ६ वटा फरक स्वादमा पस्केका छन ।

हाम्रो कथा २०७५ पुष १७ गते १७:५१

हाम्रो समाजमा एउटा भनाई छ । मकै भुटेर जाडोमा खाने हो । तर यो मान्यतालाई एपिकल वाउँ पपकर्नले परिवर्तन गरीदिएको छ ।

समस्याको समाधानमा व्यापार लुकेको हुन्छ । समस्या थियो, पपकर्न खान फिल्महल नै जानुपर्ने । समाधान ल्यायो क्राफ्ट फुड प्रा.लिले एपिकल पपकर्न उत्पादन गरेर । व्यवासाय अहिले मज्जाले जमिरहेको छ । सफलताको सिढि चढ्दैछ ।  एपिकल ‘वाउँ पपकर्न’, एकजना बाबुले आफ्नी सानी छोरीको चाहनामा खोजेको व्यवसायको ।

क्राफ्ट फुडका संस्थापक तथा संचालक शुभाकर मानन्धरले बताउनुभयो, “घरमा एक पटक फिल्म हेर्न बस्दा मेरो छोरीले चीज पपकोर्न खान मन लग्यो भन्ने ईच्छा भयो भन्न थालिन् I मैले भने अब सिनेमा हेर्न जाँदा खाउँला नि है I त्यसपछी, मेरो दिमागमा आईडिया आयो I सिनेमा हल अघि बारेक अरु ठाँउमा पपकोर्न बेच्ने बजार सम्भावना छ I यो क्षेत्र त पुरै खाली छ I यस्ता आईडियाहरु दिमागमा खेल्न थाले I”

व्यवसायीक पृष्ठभूमिका शुभाकर मानन्धरलाई छोरीको त्यो तलतलमा व्यवसायीक विचार फुर्याउन समय नै लागेन ।

एपिकल वाउँ पपकर्न कसरी जन्मियो ?

उद्योगले १ वर्ष अघि ४ किलो पपकर्न उत्पादन गरेर आफ्नो व्यवसाय सुरु गर्योे । यो व्यवसायको कति छिट्टै उकालो लाग्दैछ । अहिले त मासिक ३० हजार किलो पपकर्न विक्रि हुन्छ  । यो खुद्रा पसल र आउटलेटमा भएको विक्रि हो । यसलाई पैसामा हिसाब गर्दा उद्योगको आम्दानी मासिक २० लाख रुपैयाँ हो ।

शुभाकर मानन्धर थप बताउनु हुन्छ, “सुरुमा म सँग अन्य दुई भाई मिलेर काम गरेका हौँ I अहिले टीममा २८ जना हुनुहुन्छ I २८ जनालाई रोजगारी दिन सकेको छु I यो कुराले मलाई सबै भन्दा धेरै सन्तुष्टी दिएको छ I”

अर्को साल १ लाख किलो अर्थात १० टन पपकर्न बजार पुर्याउने लक्ष्य उनीहरुको छ । समयको हिसावले व्यवसाय सुरु भएको भर्खर १ वर्ष हुदैछ ।  तर यसको बजार विस्तार हेर्दा लाग्छ यो वर्षौ पुरानो व्यवसाय हो ।

शुभाकर याद गर्दै भन्नुहुन्छ, “सुरुमा ४ किलो मकैबाट सुरु गरेका हौँ I चार किलो मकैको लागी ३ हजार रुपैयाँ लगानी भएको थियो I यसरी सुरु गरेका थियौं I आज ३ टन पपकोर्न उत्पादन हुन्छ I”

नेपाली स्वादको पपकर्न चखाएर व्यवसायमा सफलताको सिढि चढ्दै गरेका मानन्धर । तिनै मानन्धर हुन , जसले पटक पटकको व्यापार तथा व्यवसायमा असफलता भोगे । एक प्रकारले भन्ने हो भने उनको असफलताको फेहरिस्त लामै छ । काठमाडौँको न्यूरोड पुख्यौली घर भएका मानन्धरले केहि वर्ष जागिर पनि गरे । त्यसपछि सन २००३ देखि सन २०१२ सम्म उनले गरेका कुनैपनि व्यापारले उनलाई सफलता दिएन ।

शुभाकर भन्नुहुन्छ, “अहिले हामी पश्चिम तिर फैलिएका छौँ I हाम्रो पपकोर्न चौतारा, पाल्पा, लुम्बिनी, जनकपुर, बिराटनगर सबै तिर पुगी सक्यो I”

असफलतानैं असफलताले घेर्दै गएपछि उनका बुवाले समेत भन्दै थिए, तिम्रो भाग्यमा व्यापार व्यवसाय नै छैन की कसो ? उनलाई पनि लाग्यो साँच्चै त्यस्तै होला त ? तर उनले अन्तिम पटक प्रयास गर्ने निधो गरे ।

शुभाकरले व्यक्त भन्नुहुन्छ, “रिस्क त थियो I म ‘डु ओर डाई’को अवस्थामा पुगी सकेको थिए I तर ९० प्रतिशत आत्म-विश्वास थियो I म सँग फ्याक्ट्री संचालन गर्ने व्यवस्था पहिल्यै थियो I १० प्रतिशत मात्र रिस्क महसुस गर्थे I अहिले भने म प्रत्येक सेकेन्ड बिजनेसबारे नै सोच्छु I आईडियाहरु खेलिराख्छन् I जुन आईडिया प्रयोग गर्ने योग्य लाग्छ त्यसमा काम सुरु गर्ने बाटो खोज्न थाल्छु I”

उनको पुर्खौली व्यवसाय छपाई उद्योग थियो । जहाँ उनलाई काम गर्ने मनै भएन । आफ्नै नयाँ व्यवसाय गर्ने वा जागिर । उनको मन निकै उकुसमुकुस भईरहेको थियो ।

भनिन्छ असफलता पनि एकदिन हार खान्छ । मानन्धरको जीवनमा पनि यस्तै भयो । विस्तारै उनको व्यापार राम्रो हुन थाल्यो ।

शुभाकरले बताउनुहुन्छ, “अहिलेको हाम्रो मेक्यानिजम सेट छ I भनुम न कि हाम्रो गीएर सेट छन् I अहिले सन्तुलनमा काम गर्न सकेका छौँ I”

अब उनको ध्यान उद्यमतिर जान थाल्यो । के गर्ने होला भनेर सोच्दै थिए । तर घरमा फिल्म हेर्दै गर्दा आफ्नी सानी छोरीको मागले उनको ध्यान पपकर्नले तान्यो । छोरीको पपकर्न खाने ईच्छा र खानेकुरा सम्वन्धि उद्यम गर्ने उनको सोख ठ्याकै मिल्यो ।

शुभाकरले बताउनुहुन्छ, “एउटा उद्योग, फ्याक्ट्री सेट अप गरेर काम गर्ने सपना बोकेको थिए I हुनत मेरो पारीवारीक पृष्ठभूमी पनि व्यवसायीक नै थियो I तर, मेरो फुड/ खाद्यको उद्योगले विशेष आकर्षित गर्थियो I”

पपकर्न व्यवसाय गर्छु भन्दा कतिपय भन्दैथिए मकै भुटेर बेचेर पनि कहि व्यवसाय हुन्छ । तर उनले अध्ययन अघि बढाईसकेका थिए । केहि महिनाको अध्ययन अनुसन्धान पछि अमेरिकावाट मकै भुट्ने मेसिन मगाए । बालाजु औद्योगिक क्षेत्रमा उनको पुर्खौली छपाई उद्योग छदैथियो । त्यहि सूचिमा नयाँ व्यवसाय थपियो– एपिकल वाउँ पपकर्न । सुरुमा त उनले पपकर्न आयात गरेर विक्रि गर्थे । तर उनले पपकर्नको आयात हैन आँफैले उद्योग खोले र उत्पादन सुरु गरे ।

शुभाकरले भन्नुहुन्छ, “पपकोर्न बनाउने मसीनहरु इण्डियाबाट आयात गर्यौं I कच्चा पदार्थ मकै अमेरिकाबाट आयात गर्यौं I पपकोर्न बताउन सिक्न केहि अनुभवी साथीहरुलाई इण्डियाबाट बोलाए I उहाँहरुले भन्नुभयो कि हामी तपाईलाई पपकोर्न बनाउन सिकाउछौँ I तर, पपकोर्नको स्वाद कस्तो बनाउने चाही आफै संघर्ष गर्नु पर्छ है I अनि मैले  नेपाली जिब्रोलाई सुहाउने अलि गुलियो र नुनिलो स्वाद दिने प्रयासमा लागें I पपकोर्नलाई चाहेको स्वाद दिन झन्डै अढाई महिना लाग्यो I मलाई मौलिक स्वाद दिनको लागी धेरै प्रयोग र प्रयास गर्नु पर्यो I “

मकैको दाना फुलाएर त्यसमा गुलियो र नुनिलो स्वाद भरे । जब उनले नयाँ स्वादको पपकर्न बनाए त्यो आफन्त र साथीभाईलाई चखाए । धेरैले रुचाए । थम्प्स अप गर्दै सबैले भने ‘वाउँ’ । प्रतिक्रियामा सुनिएको त्यहि वाउँ उनको उत्पादनको ब्राण्ड बन्यो ।

शुभाकरले आउलेटबारे स्पष्ट गर्दै बताउनुभयो, “हामीले गएर स्टल सेट अप गर्दिने हो I पपकोर्न मसीन, वार्मर, प्यकेजिङ्गको समान सबै हामीले उपलब्ध गराई दिने हो I स्टल राख्न ईच्छुक व्यापारीले आफ्नो मर्जीन लिन्छन र हामीले फाईदा लिने हो I

पहिलो वार्मरमा पपकर्न खन्याउने समय नै एउटा सानु बच्चाको आवाज सुनियो मम्मी पपकोर्न खाने ! त्यो समय देखी आजसम्म हाम्रो व्यवसाय उकालो चड्दै छ I”

उनले आफ्नो उत्पादनको बजारीकरणमा पनि नयाँपन दिएका छन् । सुरुमा उनले आफुले उत्पादन गरेको पपकर्न प्याकेटमा मात्र बेच्ने सोच बनाएका थिए । तर सँगै आउटलेटलाई पनि सुरु गरे । सुरुमा त उनको व्यापार प्याकेटमा भन्दा आउटेलेटमा पो बढी हुन थाल्यो । बजारीकरणमा सोचेभन्दा फरक पाएपछि उनले प्याकेट र आउटलेटलाई सँगसँगै लैजाने निधो गरे ।

शुभाकरले थप बताउनुभयो, “मलाई क्रीएटीभ फिल्डमा रुची छ I प्याकेट डिजाईनले मलाई आकर्षित गर्छ I त्यसैले आफ्नो पपकोर्नको प्याकेट डिजाईनमा धरै घोतलीय I”

आउटलेट राखेको हप्ता दिनमै १० ठाउँबाट आउटलेट रख्दिनु पर्यो भन्ने डिमायण् आयो । अहिले काठमाण्डौमा मात्र ३० ठाउँमा आउटलेट रहेका छन । देशका विभिन्न स्थानमा पपकर्न पुग्छन । यहि उद्योगबाट २८ जनाले रोजगारी पाएका छन् । न्यूनतम २० रुपैयाँदेखि एक सय रुपैयासम्म मुल्य पर्ने उनको उत्पादन छन । आउटलेटमा भने १ सय र २ सय रुपैयामा जोखेर खरिद गर्न पाईन्छ । सबैले रुचाएका पपकर्नलाई उनले ग्राहककै रुचिअनुासर ६ वटा फरक स्वादमा पस्केका छन । ग्राहकलाई आकर्षित गराउन प्याकेजिङमा पनि विशेष ध्यान दिएका छन ।

शुभाकर बताए, “आउटलेट मोडेलमा एक पटक लगानी गर्ने हो I आउटलेट सुरु गरेकै दिनबाट आम्दानी हुन् थाल्छ I  रीटेल प्याकेजींगमा धेरै लुकेका (हिडन) खर्चहरु हुन्छन् I पसल-पसलमा पुर्याउने, नबिकेको पपकोर्न फिर्ता लिई दिनुपर्यो, हावा निस्किए, पपकोर्न ओसिए त्यसले हाम्रो खर्च बढाउछ I”

शुभाकर मानन्धरले पपकर्न बनाउने यो उद्यममा २ करोड रुपैंया खर्चिएका छन । यो व्यवसायमा मेसिनमा बढि लगानी लाग्छ । तर उनले आफुले उत्पादन गर्ने पपकर्न देशका अन्य स्थानमा पनि आउटलेट मार्फत जोडन खोजिरहेका छन । यदि कोहि यसमा जोडिन चाहनुहुन्छ भने उनले यसरी अवसर देखाउछन् ।

पपकर्न बनाउने मकै अमेरीका र अस्ट्रेलियावाट ल्याउछन । त्यसैले त यसलाई कतिपयले अमेरीकी मकै नेपाली ब्राण्ड पनि भन्ने गरेका छन् ।

व्यवसायी तथा उद्यमी शुभाकर मानन्धरको अबको उद्देश्य के रहेछ ?

शुभाकरले बताउनुभयो, “अझ केहि खानेकुराहरुको ईन्टरनेशनल फ्रान्चाईजहरु नेपालमा भित्राउने प्रयास गर्नेछु I ग्राहकहरुको माग अनुसारको फुडलाई नेपालमा स्थापिक गर्नु छ भन्ने मेरो विश्वास हो I”

यसरी उद्यम र व्यापार, दुबै क्षेत्रमा अवसर छन । तपाईको सीप, ज्ञान, क्षमता र चाहना अनुरुप के गर्ने त्यो चाहिँ आफ्नै चाहनामा निर्भर हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने

नराम्रा बानी कसरी हटाउने ?

२ दिन अगाडि १ मिनेटमा पढिने