सबै जनावरहरुको आवाज बन्न सकूँ !

"उसको सधैँ मुस्कान सहितको सहज जबाफ रहन्छ यो संसारमा अमर चाहिँको छ र ?" उनको बुझाइमा मानिस जिविको पार्जन गर्न सक्षम छ। तर जनावर भने सहज रूपमा आफ्नो जिविको पार्जन समेत गर्न सक्षम छैन। यस्तो अवस्थामा उनीहरू पर्ती हामीले सहयोग गर्नु नै मानव दायित्व हो ।

हाम्रो कथा २०७५ पुष १५ गते १७:३८

हामी आफैलाई एकपल्ट हेरौँ; तपाईँ कुनै दुर्घटनामा परेर एक्कासी घाइते हुनु भएको छ ? अनिवार्य रूपमा अब तपाईलाई अरूको साहराको आवश्यकता छ । यस्तो अवस्थामा तपाईका निम्ति कोही साहरा भएन भने !

मानौँ कि प्रकाश मल्ल क्रूरताकै प्रतिरूप हुन्। अरूले उक्साउदैमा मार-काट गर्नु उसको दैनिकी हो । उ आज पनि सधैँ झैँ एउटा अर्को उत्साहजनक अध्याय पुरा गर्दैछ। एउटा भैसीलाई मार हान्न तम-तयार छ । वरिपरि मान्छेहरू झुमिएका छन् । मानौँ कि कुनै सर्कस चलिरहेको छ त्यहाँ । छेवोईबाट कसैले उसलाई उक्साउँछ या भनम उसमा ऊर्जाको जोस खान्यादिन्छ । प्रकाश जोडले भैँसीलाई मार हान्छ । उसको मार गलत ठाउँमा लाग्छ। भैँसी छट्पट्टिन थाल्छ। भैँसीको त्यो वेदनाले प्रकाशलाई झस्काउँछ । उ भैँसीको वेदनालाई महसुस गर्न थाल्दछ । उसमा एकाएक भावनाका भावहरू सल्बलाउन थल्दछ्न्। उसको क्रुरता एकाएक करुणामा रुपान्तरित हुन थाल्दछ ।

यो एउटा जनावर प्रेमीको कथा, जुन कथा अलि पृथक पनि छ। प्रकाश एउटा १८/२० को रिसाह, झगडालु केटो-जसमा जवानीको तातो रगत उम्लिइरहेको छ । उ झगडा गर्न, कुट्न या काट्न सधैँ अग्रसर रहन्छ । न त उसले राम्ररी पद्नै सक्छ । यही हर्कतबाट आजित बनिसकेको परिवारले उसलाई बदल्न विवाह गरिदिन्छन् । अब उसले सुन्दर श्रीमती पाएको छ । जसले उसलाई सुधार्न माया र प्रेमको प्रघाट प्रयासबाट कोसिस गरिरहेकी छे । प्रकाशले पनि उसलाई सुन्न थालेको छ । एक दिन प्रकाशलाई उसले विदेश पठाउने प्रस्ताव राख्छे ।

परिवार सहित प्रकाशले उक्त प्रस्ताव स्विकार्दै विदेशका निम्ति प्रक्रिया तिर जुट्छ । दुबईका निम्ति सबै प्रक्रिया पुर्‍याएर भिसा प्राप्त गर्छ। सबै तयारी पूरा गर्छ; अन्ततः हिँड्ने दिन पनि आइपुग्छ । हातमा भिसा लिई-सकेको छ । तब उसले कल्पनै गर्न नसकेको दृश्य आफ्नै आँखाले देख्छ । आफूलाई त्यति माया गर्ने श्रीमतीले अरु कोही सँग मोहित भएको भेट्छ । यद्यपि उ दुबई जान्छ, अनि रक्सीको नसामा बाच्न थाल्छ। त्यता लामो समय रहन सक्दैन अनि केही समय पछि घर नै फर्किन्छ। अब, उसमा न आशा र न त उत्साह नै छ I अब उ बन्द कोठामा थुन्दिएर बस्न थाल्दछ। करिब एक महिना पछि बाहिर निस्कन्छ त यो प्राकृतिकका हरेक प्राणीलाई प्रेम गर्न थाल्छ । सुरुमा त सबैले बौलाएछ भन्न थाल्छन्। तर प्रकाश चुप चाप आफ्नू अन्तर मनको गतिमा हिडि रहन्छ ।

एकाएक क्रूर प्रकाश करुणा मय बन्न थाल्छ, हिजो रागाँ/भैँसी होस या मान्छे क्रूरताको उदाहरण; उ आज जहाँ पुग्छ त्यता कुनै जनावर होस या अन्य जीव तिनीहरू प्रति प्रेम नै आफ्नो जीवन बनाएको छ उसले। बाटोमा घाइते कुकुर देख्यो भने जुरुक्क बोकेर अस्पताल दौडाउँछ।

आफन्तले भन्छन्, “यस्ता रोगी कुकुर,बिरालो बोकेर धेरै नहिड तलाई नि रोग लागेर मर्लास्।”

उसको सधैँ मुस्कान सहितको सहज जबाफ रहन्छ I “यो संसारमा अमर चाहिँ को छ र ?” उनको बुझाइमा मानिस जिविको पार्जन गर्न सक्षम छ। तर जनावर भने सहज रूपमा आफ्नो जिविको पार्जन समेत गर्न सक्षम छैन। यस्तो अवस्थामा उनीहरू पर्ती हामीले सहयोग गर्नु नै मानव दायित्व हो ।

प्रकाशले आज आफ्नै घरमा १२ वटा कुकुर पालेका छन् । उनी भन्छन्, “मानिसले त मनिसलाई केही न केही स्वार्थका निम्ति नै माया गर्छ I जनावरले भने मायाको बदलामा सिर्फ माया त्यो पनि निस्वार्थ रूपले दिन्छ। आज उनी कुनै सार्वजनिक यातायातमा कुनै ढाड भाँचिएको गाई वा कुकुर बोकेर हिँडिरहेको भेटिन्छ्न ।” भन्छन्, “यही मेरो जीवन हो जहाँ म खुसी र उत्साहित छु ।”

जब जीवनको अर्थ बुझिन्छ, जिन्दगीको मूल्य बुझिन्छ I तब सबै प्राणीको महत्व बुझिन्छ I

अब तपाईँ-हामीले के बुझ्न आवश्यक छ ?
स्वाभाविक हो कि सबै जना सँग प्रत्यक्ष समाज सेवा गर्ने अवसर, समय वा आर्थिक श्रोत नहोलान I सामुदायीक संस्थाहरूमा आबद्ध भई नेतृत्व लिन नसकिएला I त्यो, अत्यन्तै आवश्यक छ भन्ने पनि त छैन I

तर, कतै जनावरलाई सहयोग गर्न सक्नु हुन्छ भने नहिच्किचाउनुस् I समय निकालेर बाटो कटाई दिनु, उनीको निशब्द आवाज सुन्दिनु I सायद हामीलाई महान राजनेता, कलाकार, वैज्ञानिक, उद्योगपति बन्ने अवसर नजुर्ला I त्यो हाम्रो क्षमताले नभ्याउला I तर एक असल मान्छे त बन्न सकिन्छ नि !

प्रस्तुती: ईश्वर लुईंटेल

 

प्रतिक्रिया