प्रेरक भनाई – जसले तपाईको जीवन पनि बदल्न सक्छ है !

चाणक्य नीति पुस्तकबाट साभार गरिएको

हाम्रो कथा २०७५ पुष ९ गते १७:१४

चाणक्य नीति जसलाई हामीले पनि आफ्नू जीवनमा उतार्न सके जीवन सफल र सरल बनाउन सक्ने छौ।

१) एउटा फुलको सुगन्ध त्यही फैलिन्छ जहाँ हावा चलेको छ । तर एउटा असल मानिसको गुण सधैँ सबै क्षेत्रमा फैलिन्छ ।

२) सुनको शुद्धता थाहा पाउन सुनलाई पिटिन्छ,पगालिन्छ या काटिन्छ I तर एउटा मानिसको वास्तविक रूप तब मात्र बुझ्न सकिन्छ, जति बेला ऊ कुनै ठुलो विपत्तिमा हुन्छ।

३ ) एउटा लोभी मानिसलाई पैसा दिएर फकाउन सकिन्छ, एउटा घमण्डी व्यक्तिलाई झुटो बफादारीले जित्न सकिन्छ I एउटा वेवकुफलाई उसको कुरा स्विकारेर, तर एउटा बुद्धिमान व्यक्तिलाई जित्न केवल सत्यता नै चाहिन्छ ।

४) जब तपाईँ कुनै काम गर्न सुरु गर्नु हुन्छ तब तपाईँ त्यो कामलाई कहिल्यै आधा,अधुरो नछोड्नुहोस् किनकि जो कामलाई जिम्मेवारीपूर्ण पुरा गर्दछन् उनीहरू नै खुसी सँगै रहन्छ।

५) जसरी एउटा जड्डीयाले सत्यता बुझ्न सक्दैन ठिक त्यसैगरि एउटा स्वार्थी व्यक्ति आफ्नो निश्चित स्वार्थका  कारण सत्यलाई कहिल्यै बुझ्न सक्दैन ।

६) चाणक्यका अनुसार खराब मित्र, खराब पत्नी र खराब विद्यार्थी हुनुभन्दा तपाईँ सँगै कुनै साथी,पत्नी र विद्यार्थी नहुनु नै उचित रहन्छ । जसले तपाइको जीवन राम्रो बनाउनुको सट्टा खराब बनाइदिन्छन ।

७) यदि तपाइलाई व्यापारमा घाटा भएको छ या तपाइको मन दुखेको छ I यस्तो कुरा अरूलाई कहिल्यै नासुनाउनुहोस् । किनकि तपाइको यही कमजोरीलाई अरूले मजाक बनाएर उडाउन सक्छन् I जसले तपाइको आत्म-सम्मानमा ठेस पुग्न सक्छ ।

८) चाणक्यका अनुसार केही कुरा सिक्ने समय, व्यापार गर्ने समय र खाना खाने समय यी तिन समय कहिल्यै लजाउनु हुँदैन।

९) एउटा सर्प जसमा विष  छैन उसले आफूलाई विषालु भएको देखाउन खोज्नु पर्छ । अर्थात् तपाइको कमजोरी केवल तपाइलाई थाहा हुन सक्छ र अरूको अगाडी त्यो कुरा लुकाउन सक्नु भयो भने कतिपय अवस्थामा फाइदा उठाउन सकिन्छ ।

१०) एउटा व्यक्ति  यस्तो ठाउँमा बस्नु उचित हुन्न जहाँ व्यक्तिलाई कानुन सँगै डर लाग्दैन,जहाँ इज्तको कुनै मूल्य हुँदैन, जहाँ सम्झदार व्यक्ति छैन र कलाको कुनै इज्जत हुँदैन।

११) एउटा काग जति नै अग्लो पहाडमा गएर बसे पनि ऊ चिल बन्न सक्दैन । ठिक त्यसै गरी एउटा व्यक्तिको महानता उसको गुणले निर्धारण गर्छ; उसको स्तरले हैन !

१२) जसरी एउटा व्यक्तिलाई आँखा खुला राखेर हिँड्न र सफा पानी  पिउन जरुरी छ I ठिक त्यसै गरी कुनै कदम उठाउनु अघि त्यसको परिणाम के हुन सक्छ बुझ्नु महत्त्वपूर्ण हुन्छ।

१३) एउटा ज्ञानीको शक्ति उसको ज्ञानमा हुन्छ, एउटा व्यापारीको शक्ति उसको पैसामा, एउटा सेवकको शक्ति उसको सेवामा हुन्छ I ठिक त्यसैगरी चाणक्यका अनुसार हामीलाई आफ्नू तागत के हो बुझ्नु या जान्नु जरुरी छ। र उक्त कुरालाई लिएर जीवनमा सधैं अगाडी बढ्नु जरुरी छ।

१४) चाणक्यका अनुसार जो मानिसले हरेक नारीलाई आफ्नै आमा या दिदी-बहिनी देख्दछ, जो मानिसले अरूको धन-सम्पत्ति देखेर जल्न छाड्छ र जो मानिसले आफ्नो अन्तर आत्मा अरूमा देख्न थाल्यो बुझ्नुहोस् कि त्यो मानिसले जीवनलाई बुझिसक्यो।

१५) जुन घरका बच्चा ठुलाले भनेको मान्छन्, जुन घरका हरेक व्यक्ति मेहनती छन्, जहाँ पैसा मेहनत र इमान्दारिताबाट कमाइन्छ र त्यति नै पैसा कमाउँछन् जसबाट उनीहरूको जरुरत पूर्ण हुन्छ। यस प्रकारको घरमै सधैँ शान्ति रहन्छ।

१६) व्यक्तिले कहिले पनि आफ्नो भविष्यलाई लिएर चिन्चित हुनु हुँदैन I आफ्नो भूतलाई लिएर पछुताउनु हुँदैन I केवल आफ्नू वर्तमानमा केन्द्रित रहनु आवश्यक छ । त्यसलाई नै सही तरिकाले प्रयोग गर्नु जरुरी हुन्छ किनकि यही तरिका हो जसले व्यक्तिको भविष्य उज्ज्वल बनाउछ ।

(श्रोत:चाणक्य नीति पुस्तकबाट साभार गरिएको)

प्रस्तुती: ईश्वर लुईटेल

 

 

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने