डाक्टर आमा नजिक गएर भन्नुभयो,”बाबुको अप्रेसन सफल भयो”

मेरो हात काम्ने भएकोले मेरो हालमा काम्रो बाधि अर्को विद्यार्थीलाई लेख्न लगाउने कुरा गर्नु भयो । म घमन्डी र रिसाहा भएको ले मैले परीक्षा आफै दिन सक्छु भनी जिद्दी गरे, आमा चुपचाप सरको कार्यकक्षबाट निस्किनु भयो । परीक्षा आयो मैले परीक्षा दिए र पुर्व-परीक्षा उत्तिर्ण पनि गरे।

सुदीप भट्ट २०७५ मंसिर २४ गते १४:१९

सानो उमेरमा बच्चाहरू अतिनै चकचके हुने गर्छन् । म पनि तिनै मध्यको एक बच्चा जो चकचके, जिद्दी, रिसाहा अनि झगडालु । जब म १ वर्ष ६ महिनाको थिए, भर्‍याङबाट लडेको रहेछु । आमा र घरका अन्य सदस्यहरु निकै आत्तिनु भएछ र मलाई तुरुन्तै हेल्थपोष्ट लिएर जानु भएछ । घाउ निकै गहिरो थियो रे ! आमाले पछि मलाई भन्नुभएको । घाउ सफा गरेर डक्टरले सात टाँका लगाउनु भएको थियो रे । बाहिरी घाउ निको भएकोले सबैजना खुसी त हुनु भयो तर मेरो टाउकोको भित्री घाउले ठुलो रूप लिन्छ भन्ने कसैलाई थाहा थिएन ।

दिन बित्दै गयो, म विद्यालय जान सुरु गरे । मेरो हात अतिनै काम्ने गर्थ्यो । किताबमा भएको सबै कुरा पढ्न त सक्थे तर लेख्न भने मलाई धेरै गार्हो हुन्थ्यो । मेरो हात काम्नुको कारण चाहिँ नेपाली कथन अनुसार ‘बिरालो मारेमा हात काम्छ’, भन्ने कुरालाई मानेर र मैले पनि सानोमा बिरालो मारेको ले हात कामेको भन्ने गरिएको थियो ।

जब म कक्षा १ मा पढ्दै थिए I मेरो बुवा बिरामी हुनुभयो र उहाँको निधन भयो । आमाले निकै सङ्घर्ष गरी हामी दुई दाजुभाइलाई निजी विद्यालयमा नै पढाउनु भयो । कक्षा कोठामा गृहकार्य नगर्दा साथीहरूले सर मिसको पिटाइ खाने गर्थे तर मेरो हात काम्ने कारणले मलाइ उठ्-बस् गर्न लगाउनु हुदैन थियो । म पढ्नमा टाठो भएता पनि लेखाइ निकै कमजोर थियो ।

त्यतिकै दिनहरू बित्दै गए I म कक्षा आठमा पढ्न थाले I मेरो टाउको अतिनै दुख्ने गर्थियो I तर परम्परागत सोच र प्रचलनमा ढल्केका मेरा ठुलो बुवाले फुक-फाक गरी दिनुहुन्थ्यो I केही समय त ठिक हुन्थ्यो I त्यति बेला भगवान् र पिचासमा विश्वास गर्दा मेरो दुखाई झनझन बढ्दै गयो । मलाई सानो कुरामा पनि चित्त दुखेर रुन मन लाग्थ्यो । जब म कक्षा आठमा पुगे तब सधैँ झैँ विद्यालय जाने गर्थे I एक दिन साथीले विद्यालयमा मोबाईल फोन लिएर आयो I घरको आर्थिक अवस्थाको मलाई कुनै वास्ता थिएन I जसरी भए पनि मोबाईल चाहियो भनी घरमा आएर आमासँग झगडा गरे । आमाले मलाई निकै सम्झाउने प्रयास गर्नु भयो तर म जिद्दी भएकाले आमाको कुरा नमाने पछि आमाले मलाई मोबाईल किनिदिनु भयो । दिनहरू बित्दै गए मेरो दुखाई झन् जटिल बनी रहेको रहेछ तर यो कुरा कसैलाई भान भएन I घरका सदस्यहरूले मेरो स्वभावबारे नराम्रो सोच्न थाले ।

म कक्षा १० मा पढ्न सुरु गरे । कक्षा १० को एस.एल.सी अघिको पुर्व-परीक्षा भन्दा केही महिना अगाडी प्राध्यापक सरले मलाई र आमालाई कार्यकक्षमा बोलाउनुभयो । आमा विद्यालय पुग्नु भएपछि म कक्षा कोठाबाट निस्किएर प्राध्यापक सरको कार्यकक्षमा गए । सरले परीक्षा नजिकै आएको र मेरो हात काम्ने भएकोले मेरो हातमा काम्रो बाधि अर्को विद्यार्थीलाई लेख्न लगाउने कुरा गर्नु भयो । म घमण्डी र रिसाहा भएकोले मैले परीक्षा आफै दिन सक्छु भनी जिद्दी गरे, आमा चुपचाप सरको कार्यकक्षबाट निस्किनु भयो । परीक्षा आयो मैले परीक्षा दिए र पुर्व-परीक्षा उत्तिर्ण पनि गरे। केहि महिना लगतै मेरो एस.एल.सी परीक्षा पनि आयो । मैले परीक्षा दिए र केही दिन पछि नै मलाई डेक आवश्यक पर्‍यो, आमाले किनेर ल्याइदिनु भयो । त्यसपछि कम्प्युटर चाहियो मलाई आमाले मेरो जिद्दीपनाको अगाडी हार खाएर त्यो पनि किनेर ल्याइदिनु भयो। गाउँका धरै जसो मानिसहरूले आमालाई गाली गर्ने गर्थे, किन सबै चहाना पुरा गरीदिएको I पछि यो भन्दा ठुलो कुराको माग गरे कसरी पुर्‍याउने भनेर आमालाई सम्झाउने गर्थे I तर मेरो जिद्दीपनाको अगाडी आमाको केही सिप लाग्दैनथ्यो ।

दिन बित्दै गयो मेरो परीक्षाको नतिजा पनि प्रकाशित भयो । म विज्ञान विषयमा अनउत्तिर्ण भएको रहेछु । म अति नै दुखी र निराश भए । आमाले मलाई धेरै सम्झाउनु भयो । भोलि पल्ट विद्यालयबाट मलाई सान्तोना दिनको लागि  सर-मिस आउनु भएको थियो । त्यतिबेला पनि म दुखी नै थिए । मैले आफूलाई नियन्त्रण गर्ने प्रयास गरे र अबको एक महिना पछीको परीक्षाको तयारीमा लाग्ने निर्णय गरे । केही दिन पछि प्राध्यापक सर आएर विद्यालय नगएको भनी सारै हकार्नु भयो I म दुखी भए I सरको अगाडि घरमै बसी परीक्षा उत्तिर्ण गर्ने प्रण गरे । एक महिना पछि मैले परीक्षा दिए ।

परीक्षाको नतिजा प्रकाशित नहुँदै, सधैँ झैँ त्यस दिनमा पनि हामी आमा छोरा खाना खाई आ-आफ्नो सुत्ने कोठामा गएर सुत्यौ । रातको ११ बजे मलाई वाकवाक लाग्यो, टाउको पनि सारै नै दुखिरहेको थियो । म बाहिर निस्किएर वाकवाक गर्न थाले I आमा आत्तिएर निस्कनु भयो । त्यस रात त सुतियो तर भोलिपल्ट बिहान उठे पछि मेरो पुरै शरीर काम्न थाल्यो । म पुरै अचेत भएको थिए । मलाई हस्पिटल लगियो । त्यहाँ ५ दिन राख्दा पनि मेरो रोग पत्ता लागेन । जहाँ खुवाईएको औषधिले मलाई नराम्रो असर गर्न थालेपछि त्यहाँबाट मलाई अन्तरार्ष्ट्रिय बाल अस्पताल लगियो । त्यहाँ मेरो टाउकोको रोग भएको र एक पटक सिटी स्क्यान गरेर हेर्ने कुरा गर्नु भएछ । सिटी स्क्यान पछि मेरो टाउकोमा टिउमर भएको थाहा भयो । त्यति बेला टिउमरले जरा गाडी सकेको रहेछ । त्यस पछि डक्टरहरूले पुरा विवरणको लागि एक पटक एम.आर.आई गर्ने सल्लाह गर्नु भएछ । एम.आर.आईबाट मेरो टाउकोमा टिउमर मात्र नभई पानी भएको कुरा पनि पत्ता लाग्यो । एम.आर.आई पछि मलाई वीर अस्पताल लगिएको रहेछ । पहिलो चरणको अप्रेसन पानी निकाल्नको लागि गरिएको रहेछ । पानी धरै मात्रामा भएकोले पानी निकाल्न दोस्रा चरणमा पाइप राख्नको लागि अपरेसन गरिएको रहेछ । त्यति बेला मलाई ११ दिनमा मात्र होस् आएको रहेछ । २ महिना १५ दिनको हस्पिटल बसाइ पछि मेरो टिउमरको अप्रेसन भयो । अप्रेसन कक्षमा बिहान लगेको बाबु बेलुका ढिला सम्म ननिकल्दा सबै जना आत्तिनु भएको रहेछ । डक्टर निस्किएपछि आमा बाहेक सबै हतारिदै डक्टर नजिक गएछन् I तर डक्टर आमा नजिक गएर हर्षित भई बाबुको अप्रेसन सफल भयो भन्नु भएछ ।

अप्रेसनको केही दिन पछि मलाई आई.सी.यु कक्षबाट वार्डमा सारियो। त्यति बेला मलार्इ भेट्न धेरै आफन्त आउनुभएको थियो । ११ दिन वार्डमा बसेपछि नयाँ जीवन पाएकोमा खुसी हुँदै म घर फर्के । म घर फर्के पछि मैले आफूमा धेरै परिर्वतन पाएको छु । मेरो रिस, जिद्दी–पना, घमन्डी-पना सबै हटेको छ । पहिला आमा सँग जिद्दी अनि झगडा गर्ने म अहिले उहाँलाई काममा सघाउने, घरायसी कुराहरूमा निर्णायक सरसल्लाह गर्न थालेको छु । आफन्त अनि छिमेकीहरू पनि म मा सकारात्मक परिवर्तन आएको देखेर निकै खुसी भएका छन् । अहिले म समझदार र सहयोगी भएको छु, जस्तो लाग्छ मलाई । ती सबै नराम्रो बानीहरू रोगको कारणले भएको रहेछ भन्नु हुन्छ अहिले आमा ।

अप्रेसन पश्चात् मैले आफ्नो ११ कक्षा र १२ कक्षा उत्तिर्ण गरी ४ वर्ष मानव अधिकारको लागि, एकल महिला समूहको केन्द्रीय कार्यालयमा काम गरे। अहिले म समाजशास्त्र र ग्रामीण विकासमा स्नातक तेस्रो वर्षमा अध्यनरत छु । जीवन सुन्दर छ र जिन्दगी अनमोल छ I

प्रतिक्रिया

सम्बन्धित

एक्लो जिन्दगीमा रमाउन सिकाए !

५ घन्टा अगाडि ४ मिनेटमा पढिने

नेपालमा उद्यमशीलताको आवश्यकता – किन ?

२ दिन अगाडि २ मिनेटमा पढिने