धमाधम पुर्ननिर्माण हुँदैछ भुकम्पले भत्काएका सम्पदा

सबै पक्षको सहयोगमा हामीले बिश्व सम्पदा सुचिमा समाबेश ४३ वटा सम्पदा सम्पन्न भैसकेको छ । १४ वटा जिल्ला जहाँ भुकम्पले प्रभावित गरेको थियो त्यो लगायत काठमाण्डु उपत्यकाको हामीले १ सय ८५ वटा सम्पदाहरु पुर्ननिर्माण सम्पन्न गरिसकेका छौं ।

हाम्रो कथा २०७५ भदौ २१ गते १५:५७

बिश्वसम्पदा क्षेत्रमा सुचिकृत स्वयम्भु क्षेत्रमा २०७२ सालको भुकम्पका कारण २३ सम्पदा क्षती भएको थियो । त्यतिमध्ये १८ वटा पुरातत्व विभाग, युनेस्को, स्वयम्भु व्यबस्थापन महासमिति सबैको सहकार्यमा १८ वटा सम्पन्न भैसकेको छ । त्यसमा खासगरिकन प्रतापपुर, अनन्तपुर, बसुबन्धु चैत्य, सेतो चैत्य, मयुरी स्तम्भ लगायतका जुन भुकम्पले क्षती पुर्याएको थियो ति सबै सम्पन्न भैसकेको अबस्था छ ।

पुरातत्व विभागले त्यहाँ गर्नुपर्ने ज्ञानमाला घर टेण्डर गर्दैछौं । देवधर्म विहार भुटान सरकारको सहयोगमा बन्दैछ । त्यो ६ महिनाभित्रमा सकिन्छ । पुरातत्व विभागले सुरु गरेको सेतो सत्तल पनि छिट्टै सकिन्छ । कर्मराज महाविहारको डिजाईन पुरातत्व विभागमा आएको छ । त्यहाँ भएको जग्गा भन्दा ठुलो साईजको नक्सा आएको हुनाले त्यसलाई परिक्षण गर्ने काम भैराखेको छ । त्यसमा नेपाल सरकारले कुनै सहयोग गर्नुपर्दैन । नक्सा स्विकृतिको काम पुरातत्व विभागले गर्नुपर्छ । बाँकि कामका लागि १५ नम्बर वडाले त्यसलाई संयोजन गरिरहेको छ ।

शान्तिपुर, जो तन्त्रसाधनाद्वारा दिक्षित भएका गुरुज्युहरुले मात्र भित्र प्रबेश गरेर बनाउनुपर्ने हुन्छ । बाहिरी व्यक्तिहरुको प्रबेश निषेध गरिएको छ । त्यस्तो अबस्थामा पनि सम्पुर्ण नेपाली प्रविधिहरु अपनाएर गुरुज्युहरुले बिहान–बेलुका नभनि हाम्रो सुपरभिजनमा राम्रोसँग काम गर्नुभएको छ । त्यो ६ महिनाभित्रमा सम्पन्न हुन्छ ।

समग्रमा भन्नुपर्दा बिश्व सम्पदा सुचिमा रहेका सम्पदाहरुमध्ये एक नम्बरमा सम्पन्न भएको बौद्धनाथ, स्थानीय बासिन्दा, बौद्धनाथ क्षेत्र बिकास समिति, स्वदेशी, बिदेशी दातृ निकायका व्यक्ति वा समुदाय, सबैको सहयोगले चाँडो बन्यो त्यसपछि हामीले देखाउने स्वयम्भुनैं हुन्छ ।

बिश्व सम्पदा सुचिमा समाबेश भएको ज्यादै महत्वपुर्ण तथा पाँचौ शताब्दिमा राजा मानदेवको पालादेखि निरन्तर ईतिहाँस भएर आएको चाँगुनारायण मन्दिर पुरातत्व विभाग आँफैले रेट्रोफिटिङ गरेर सम्पन्न गरिसकेको छ । त्यसको बाँकि रहेको चौघरा सत्तल २४ करोड लाग्ने हामीले यसपाली टेण्डर गर्दैछौं । आउने दुईदेखि तीन बर्षभित्रमा त्यो पनि सम्पन्न हुन्छ । त्यहाँ अहिले किलेश्वर महादेवको मन्दिर सम्पन्न भैसकेको छ । त्यहाँभित्रका साना अरु सम्पदाहरु बनिसकेका छन् । अमात्य सत्तल चाँडोभन्दा चाँडो सम्पन्न हुने अवस्थामा छ ।

ऐतिहासिक तथा साँस्कृतिक नगरि भक्तपुरमा दरबार स्क्वायर क्षेत्रका महत्वपुर्ण सम्पदाहरु, खौम गेट नगरपालीकाले सम्पन्न गरेको छ । पुरातत्व विभागले बद्रीनाथको मन्दिर, रामेश्वरको मन्दिर र चारनारायण मन्दिर सम्पन्न गरेको छ । नगरपालिकाले वत्सलादेवीको मन्दिर र हामी अहिले दरबार स्क्वायरमा पुरातत्व विभाग बसेको कार्यालय भवन र अरु मन्दिर पुर्ननिर्माणमा छौं ।

पाटनमा ‘काठमाण्डु भ्याली प्रिजर्भेसन ट्रष्ट’ले पुरातत्व विभागको स्विकृत नक्सामा थुप्रै सम्पदाहरु सम्पन्न गरिसकेको छ । तलेजुको मन्दिर, सुन्दरी चोक, कृष्ण मन्दिर सम्पन्न भैसकेको छ । हरिशंकरको मन्दिर, बिश्वनाथको मन्दिर र अरु मन्दिरहरु एक–डेढ बर्षभित्रमा ‘काठमाण्डु भ्याली प्रिजर्भेसन ट्रष्ट’ले सम्पन्न गर्दैछ ।

अलिकति ढिलो भएकोचैं काठमाण्डुको दरबार स्क्वायर हो । त्यहाँको काष्ठमण्डप जसको नामबाट काठमाण्डुको नामाकरण भएका थियोे । यो १२औं/१३औं शताब्दिमा पुर्ननिर्माण भएको बिश्वास गरिएको थियो । उत्खनन् गरेर त्यहाँ पाईएका नमुनाहरुलाई बेलायतको ल्याबमा कार्बनडेटीङ गर्दा सातौं शताब्दिमा काष्ठमण्डप बनिसकेको भनेपछि पाँचसय बर्षको ईतिहाँस हाम्रो अध्ययन अनुसन्धानको कारणले पत्ता लाग्यो । दोस्रो शताब्दिमा त्यो ठाउँमा मानवीय क्रियाकलाप भएको, खेतीपाती गरिएको पत्ता लागेको छ । त्यो काष्ठमण्डप पुर्ननिर्माणका लागि प्रदेश सभाका सदस्य राजेश शाक्यज्युको संयोजकत्वमा ४९ सदस्यीय कार्यदल बनेको छ । बिज्ञ समितिहरु बनेको छ । महानगरपालिकामा प्रतिनिधिहरु आईसकेपछि ५० लाख रुपैंयाको ‘टोकन मनी’ दिएर त्यहाँको काम सुरु हुने अवस्थामा छ ।

कुमारी घर अगाडीको १० अवतार मन्दिर स्थानीयहरुले हामीले भनेअनुसार बनाउनुपर्छ भनेकोले काम रोकियो । उहाँहरुलाई कन्भिन्स गराएर पुरातत्व विभागले नेपाल सरकारको ऐन र परिधिभित्र रहेर बोलपत्र आव्हान गरेको छ । गुणस्तरमा मनिटरिङका लागि हामीले स्थानीयलाई आग्रह गरेका छौं ।

त्यहाँको गद्दी बैठक प्रधानमन्त्रीज्युबाट अघिल्लो महिना उद्घाटन भयो । ‘अमेरिकन एम्बेस्डर फण्ड’बाट त्यो निर्माण भएको थियो । त्यहाँको सरस्वति, लक्ष्मि, कागेश्वरी मन्दिर लगायत ‘काठमाण्डु भ्याली प्रिजर्भेसन ट्रष्ट’ले सम्पन्न गरेको छ । पुरातत्व विभागले पनि ठुलो तलेजुको मन्दिरको दुईटै छाना सम्पन्न गरेको छ । छेउतिरका साना मन्दिरहरु यो बर्ष सकिन्छ । बंशगोपालको मन्दिर, नाट्यश्वरको मन्दिर निर्माण सकिएको छ ।

काष्ठमण्डपको कामले अलिकति गति लिसकेपछि हाम्रा कामहरु अगाडी बढ्छन् । सबै पक्षको सहयोगमा हामीले बिश्व सम्पदा सुचिमा समाबेश ४३ वटा सम्पदा सम्पन्न भैसकेको छ । १४ वटा जिल्ला जहाँ भुकम्पले प्रभावित गरेको थियो त्यो लगायत काठमाण्डु उपत्यकाको हामीले १ सय ८५ वटा सम्पदाहरु पुर्ननिर्माण सम्पन्न गरिसकेका छौं ।

यो बर्ष १ सय ५० भन्दा बढी सम्पदा पुर्ननिर्माण गर्ने लक्ष्य छ भने ४ सय ९४ वटा मन्दिरहरु निर्माण भैरहेका छन् । यहि रफ्तारले हामीले काम गरिरह्यौं र भारतबाट प्राप्त हुने एक्जिम बैंकको सहयोगमा पुर्ननिर्माण गर्ने हाम्रा सम्पदाहरु जुन छन् ति सम्पदाहरु ७३ वटा छ । यदी त्यो स्रोत पनि उपलब्ध गराईयो भने पाँच बर्षभित्रमा धेरैनैं करिब ८० प्रतिशत पुर्ननिर्माण सम्पन्न हुन्छ ।

(पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित

अंग्रेजी किताब, नेपाली सारांश

५ असोज , २०७६ १७ सेकेन्डमा पढिने

आशा, उत्शाह र उत्सबको एक वर्ष !

१ साउन , २०७६ २९ सेकेन्डमा पढिने
लोकप्रिय