‘हामी एक्लै छौं वा ब्रह्माण्डमा अन्य जीव पनि छन् ?’

पृथ्वी ४.६ बिलियन वर्ष पहिले उत्पत्ति भएको थियो र सायद पहिलो अरब वर्ष धेरै तातो थियो। त्यसकारण जीवहरु सम्भवतः एक अरब वर्षमा देखापरे जसमा पृथ्वी ग्रहको जीवन १० अरब वर्ष भन्दा कम छ। यसले प्रस्तुत गर्छ कि अन्य जीव प्रकट हुने सम्भावना निकै उच्च छ ।

हाम्रो कथा २०७५ भदौ २० गते १६:०७

विश्वभरका उल्लेखनीय व्यक्तित्वबाट सिक्ने कुरा धेरै छन् । टेड टक्स (TED Talks) मार्फत ती महत्वपूर्ण ज्ञान विश्व समुदायसामु प्रस्तुत भएका छन्। र हाम्रो कथा मार्फत ती उल्लेखनीय ज्ञान नेपाली भाषामा उतार्ने प्रयास हाम्रो रहनेछ ।

वैज्ञानिक स्टिफन हकिङ सन्देश  

ब्रह्माण्डको तुलनामा यहाँ कुनै ठूलो वा पुरानो छैन। हामी ब्रह्माण्डबारे बुझ्न चाहाने विषय भनेका हामी कहाँबाट आयाैं ?,  ब्रह्माण्ड कसरी उत्पत्ति भयाे ?, के हामी ब्रह्माण्डमा एक्लै छाैं ?, पृथ्वी बाहिर कुनै जीवहरु छन् त ?, मानिस जातिको भविष्य के हो ? भन्ने नै हो ।

सन् १९२० को दशकसम्म, सबैले सोच्थे कि ब्रह्माण्ड निश्चित रूपमा स्थिर असीमित थियो । त्यसपछि यो  ब्रह्माण्ड बढिरहेको थियो भन्ने कुरा जान्नमा आयो। टाढाका आकाश गंगाहरू हामीबाट अझ टाढिदै, अझ फाट्दै थिए । यसको अर्थ तिनीहरू विगतमा सँगसँगै हुनुपर्दछ भनेर बुझिन्छ । यदि हामी विगतको त्यो समयतर्फ फर्कियाैं भने हामी पत्ता लगाउँदछौं कि उनीहरू १५ अर्ब वर्षअघि एकअर्कामा अन्तरनिर्भर भएर तलमाथि थिए । यो ब्रह्माण्डकाे सुरूवात थियो, बिग ब्याङ्ग ।  

तर बिग ब्याङ्ग अघि पनि केहि थियो । यदि होइन भने,  ब्रह्माण्ड कसले सिर्जना गरे ? यो किन बिग ब्याङ्गकाे पद्धतिबाट उब्जियाे ? हामीले सोचेका थियौं कि ब्रह्माण्डको सिद्धान्त दुई भागमा विभाजित गर्न सकिन्छ। सर्वप्रथम, म्याक्सवेलकाे समीकरण र सामान्य सहिष्णुता (Maxwell’s equations and general relativity) ले ती नियमहरू जुन ब्रम्हान्डको विकास निर्धारण गर्न प्रयोग गर्थे, तिनकाे अध्ययन समस्त ब्रम्हाण्डको सँगै गरियो र दोस्रो, ब्रम्हान्डकाे प्रारम्भिक स्थापनाको कुनै प्रश्न थिएन ।

हामीले पहिलो भागमा राम्रो प्रगति गरेका छौं, र अहिले अधिकांश परिस्थितिहरूमा विकास/ उत्पत्तिका नियमहरू छन् । तर हालसम्म पनि, हामीलाई ब्रम्हान्डकाे प्रारम्भिक उत्पत्ति र अवस्थाहरूको बारेमा धेरै थाहा थिएन ।  त्यहिपनि, विकास र प्रारम्भिक अवस्थाका नियमहरूमा, यो विभाजन फरक र अद्वितीय हुने तथ्य, समय र स्थानमा निर्भर गर्दछ। चरम अवस्थाहरूमा, सामान्य सहिष्णुता र क्वान्टम सिद्धान्त (Quantum Theory) ले अन्तरिक्षको अर्को आयामलाई आमन्त्रित गर्दछ। यसले समय र ब्रह्माण्ड/अन्तरिक्ष (Space) बीचको भेद हटाउँछ । यसको अर्थ क्रमिक विकासको नियमले प्रारम्भिक अवस्था निर्धारण गर्न सक्छ। ब्रम्हान्डले स्वचालित रूपमा आफै केहि सिर्जना गर्न सक्छ ।

यसबाहेक, हामीले ब्रम्हान्डलार्इ विभिन्न राष्ट्रहरूमा सिर्जना गरेका छौँ। यी अनुमानहरु WMAP  ब्रह्माण्ड माइक्रोवेभ अनुसन्धानसँग राम्रो मिल्न जान्छ, जसले प्रारम्भिक ब्रम्हान्डकाे छाप देखाउँछ। अनि हामी महसुस गर्छौं कि हामीले सृष्टिको रहस्य पत्ता लगाएका छौं । सायद हामीले ब्रम्हान्डकाे पेटेन्ट लिँदा हुन्छ र यसको अस्तित्वका लागि रोयल्टी चार्ज पनि गर्दा होला ।

अब म दोस्रो ठूलो प्रश्न तर्फ लाग्दछु : हामी एक्लै छौं, वा ब्रह्मान्डमा अन्य जीव पनि छन् ? हाम्रो मान्यता छ कि जीवन पृथ्वीमा सामयिक क्रममा उब्जिएको हुनुपर्छ, त्यसैले यो जीवनलाई अन्य समान प्रकृतिका ग्रहहरूमा देखा पर्नु सम्भव छ ?

तर हामीलाई थाहा छैन कि पहिलो जीव कसरी उत्पन्न भयो । सम्भावना मन्थनका प्रमाण दुई टुक्रामा विभाजन गर्न सकिन्छ । पहिलो, ३.५ अरब वर्ष पहिले केहि लेउ (algae) का खानी फेला परेका छन् । पृथ्वी ४.६ बिलियन वर्ष पहिले उत्पत्ति भएको थियो र सायद पहिलो अरब वर्ष धेरै तातो थियो। त्यसकारण जीवहरु सम्भवतः एक अरब वर्षमा देखापरे जसमा पृथ्वी ग्रहको जीवन १० अरब वर्ष भन्दा कम छ। यसले प्रस्तुत गर्छ कि अन्य जीव प्रकट हुने सम्भावना निकै उच्च छ ।

अर्कोतर्फ, हामी अन्तरिक्षका अन्य जीव (alien) द्वारा भ्रमण गरेको जस्तो लाग्दैन । अहिले UFO को रिपोर्टहरु बारे नसोचौं । किनभने तिनीहरू केहि निश्चित व्यक्तीलाई मात्र देखाई दिन्छन, किन देख्ने व्यक्तिहरु फेरिदैनन ? यदि ती UFO का रिपोर्ट कुनै सरकारी निकायले गोप्य राखेका छन् भने, यो अहिलेको समयमा यो प्रभावकारी नीति हुदै होइन । यसबाहेक, SETI परियोजनाको विस्तृत अनुसन्धानका बावजुद हामीले कुनै विदेशी टेलिभिजनमा अन्य जीव (alien)  प्रश्नोत्तरी कार्यक्रमबारे सुनेकै छैनौं । यसले सायद यस्तो संकेत गर्दछ कि सयौं प्रकाश वर्षको दायरा भित्र विकासको चरणमा अन्य जीवको अस्तित्व छैन। सुरक्षाका निम्ति कुनै अन्य जीवबाट अपहरणको विरुद्ध बीमा नीति जारी गर्दा पनि हुँदो हो ।

यसले मलाई अघिल्लो ठूलो प्रश्नहरूतर्फ लैजान्छ, मानव जातिको भविष्य। यदि हामी आकाशगंगामा एक मात्र बुद्धिमानी प्राणी हो भने, हामी निर्धक्क हुनुपर्दछ कि हामी बाँच्न सक्छौं र जीवनयापन जारी राख्छौं। तर पनि, हामी हाम्रो इतिहासको बढ्दो खतराको अवधिमा प्रवेश गरिरहेका छौं। हाम्रो जनसंख्या र पृथ्वीको सीमित स्रोतहरूको प्रयोग बढ्दै मात्र गईरहेको छ र वातावरण परिवर्तन गर्न हाम्रो प्राविधिक क्षमता पनि छिटो बढ्दैछ, केहि घातक र केहि राम्रोका लागि । तर हाम्रो आनुवंशिक कोड अझै पनि स्वार्थी र आक्रामक नै छन् जसले अतीतमा बाँच्न मद्धत पुर्यायो। अर्को सय वर्षमा, आपत बिपतमा बाँच्न गाह्रो हुनेछ, अर्को हजार वा एक लाख वर्षमा झन् झन् गार्हो पर्नेछ ।

हाम्रो दीर्घकालीक अस्तित्वको मात्र पृथ्वीमा अन्तर्दृष्टि सीमित हुनु हुँदैन । यो भन्दा व्यापक ब्रम्हाण्डमा फैलिएको छ। यी प्रश्नहरूको जवाफले हामीले गत सय वर्षमा उल्लेखनीय प्रगति गरेका छौं । तर यदि हामी अर्को सय वर्षको लागि प्रगति जारी राख्न चाहन्छौं भने हाम्रो भविष्य अन्तरिक्षमा छ । त्यसकारण म मानव निर्मित आविस्कारको पक्षमा छु- जसलाई भन्न सकिन्छ, व्यक्तिगत- अन्तरिक्ष उडान ।

मेरो सम्पूर्ण जीवन, मैले ब्रह्माण्ड बुझ्ने प्रयासमा बिताएको छु र यी प्रश्नहरूको जवाफ पाउन खोजेको छु । म धेरै भाग्यमानी हुँ कि मेरो व्यक्तिगत शारीरिक असक्षमता गम्भीर बाधा बनेन । वास्तवमा, मलाई ज्ञान खोज्न मैले धेरै समय पाएँ । ब्रह्माण्डकाे सिद्धान्त अनुरुप सर्वोत्तम लक्ष्य प्रगती नै हो, र हामी राम्रो प्रगति गर्दैछौं ।

(यो लेख वैज्ञानिक स्टिफन हकिंगको TED Talks- Questioning the Universe को नेपाली अनुवादन हो।)

प्रतिक्रिया

सम्बन्धित

विदेशीलाई टक्कर दिँदै नेपाली जुत्ता

१८ घन्टा अगाडि ४ मिनेटमा पढिने

सफलताले नै पछ्याएपछि के लाग्ने र’छ र

२ दिन अगाडि ३ मिनेटमा पढिने