सिमित पुर्वाधार, उत्साहजनक पर्यटक आगमन, आखिर कसरी ?

अहिलेको सम्पदाहरु बनाउने क्रम भनेको त ३ सय ४ सय हजार वर्षसम्मका पुरानो हाम्रो सीप र कला हो । ती समयमा कसरी काम हुन्थ्यो भनेर देखाउने अवसर पनि हो । पुराना चिजहरु कसरी बन्थे भन्नका लागि हेर्ने यो असाध्यै राम्रो मौका हो भनेरपनि वजारीकरण गरीरहेका छौ ।

रोजिना थापा २०७५ साउन ३१ गते १८:१९

प्रश्नः भुकम्पपछिको अवस्थामा नेपालको पर्यटन क्षेत्र धरासायीनैं भयो भन्ने थियो । तर हामीले सोचेभन्दा सकारात्मक नतिजा पायौं र हाम्रो पर्यटन क्षेत्र जोगियो । खासमा यसो हुनुमा कसको के भुमिका देख्नुहुन्छ ?

उत्तरः करिब साढे २ वर्ष अघि जब नेपालमा भूकम्पले धेरै हाम्रा सम्पदाहरुमा क्षति पु¥यायो त्यतिखेर सम्पदाहरुको क्षति त एउटा छदैथियो । त्यो भन्दा बढि नेपाल एउटा आकर्षक गन्तव्यको रुपमा संसारभरमा छवि थियो, त्यो छवि चै अझ वढि ध्वस्त भएको अवस्था थियो । किनभने भूकम्प आउने वित्तिकै संसारका धेरै मिडियाहरु नेपालमा आए । बाहिर भएका मिडियाहरुले पनि नेपालको संरचना भत्केका तस्विरहरु, भागिरहेका मान्छेहरु हल्लीरहेका मठ मन्दिरहरु दिनरात देखाईरहँदा धेरैमा एक खालको एउटा यस्तो ईम्प्रेस पर्ने भयो की नेपाल त अव सवै सकियो । ध्वस्त भयो । नेपाल घुम्न जान लायक ठाउँ नै रहेन भन्ने एक प्रकारले ‘प्रसेप्सन’ बन्यो । त्यतिखेर धेरैजनाले के भन्ने गर्थे भने अव ५ वर्षलाई हाम्रो पर्यटन सकियो । सारैै गारो भयो भनेर मनोबल खस्केको अवस्था थियो । हामीलाई यो ‘रिकभर’ गर्न सारै चुनौति थियो ।

हामी सबैको ‘भ्वाईस’ एउटै हुनुपर्छ भन्ने हिसाबले हाम्रो पर्यटन उद्योग, सरकार, कुटनीतिक निकाय, नेपाललाई माया गर्ने वाहिरको समुदाय सवैको सहयोगमा हामीले मिसन चलायौ । त्यसमा हामीले नेपालमा १२ वटा राष्ट्रिय पार्क छन । एउटा मात्र नेश्नल पार्कमा केहि क्षति भएको हो । नेपालमा करिव ३५÷४० वटा ट्रेकिङ ट्रेलहरु छन । त्यस मध्ये १ क्षेत्रको ट्रेकिङ ट्रेलमा क्षति पुगेको हो । त्यसैगरी देशभरमध्येमा १० जिल्लाका केहि सम्पदाहरुमा आशिंक हिसावले प्रभाव परेको हो भन्ने खालका हामिले बुझ्नलाई सजिलो हुनेगरी एउटा ईन्फोग्राफि बनायौ । धेरै मान्छेले त्यो सेयर गरे । त्यो सेयर गर्दा मान्छेहरुले विस्तारै के बुझ्न थाले भने नेपालमा सबैथोक बर्बाद भएको हैन रहेछ । कुनै सिमित ठाउँमा मात्र समस्या देखिएको भन्ने बुझाई हुन थाल्यो ।

अर्को, हामीले ईनेसेटिभ के लियौ भने ‘नेपाल नाउ’ भन्ने एउटा क्याम्पेन नै चलायौ । अहिलेको नेपाल कस्तो छ त ? अहिलेको नेपाल त्यो टेलिभिजनहरु तथा अन्य मिडियाले देखाईरहेको जस्तो मान्छे कुदाकुद भैरहेको जस्तो हैन । हस्पिटल, स्कुल चलिरहेको छ । बाटोमा मान्छे हिडिरहेका छन, गाडी चलिरहेका छन् । सामान्य नेपाल हो नी त अहिलकोे नेपाल भन्ने अर्थमा ‘नेपाल नाउ’ अभियान चलायौ ।

यसको दुईवटा उद्देश्य थियो । नेपाल घुम्न आएका पर्यटकले नेपालको सामान्य जनजीविका सेयर गर्ने । धेरैजसोले नेपालमा यस्तो–यस्तो थियो भन्थे तर यहा केहि रहेनछ भन्ने खालको तथ्यहरु सेयर गर्न थाले । जुन ‘ईफेक्टिभ टुल’ थियो ।
धेरैजसो विदेशी पर्यटक नेपाल आउदा उनीहरुले नेपालका हेरिटेज क्षेत्रमा फोटो खिचे अनी ‘आईएम ईन नेपाल नाउ’ भन्ने सन्देशात्मक स्ट्याटस सोसल मिडियामा सेयर गरे । त्यो अभियान पनि राम्रो संग चल्यो । यहि बिचमा हामीले करिव ४ सय अन्तराष्ट्रिय मिडिया र डेढसय अन्र्तराष्ट्रिय टुर अपरेटरहरुलाई नेपालको भ्रमण गरायौ । ता कि उनीहरुको आफ्नै आखाले देख्यो भने त विश्वास हुन्छ । हामीले भन्यो भने त विश्वास हुदैन । त्यसैले अनुभव गराउन यस्ता काम गर्यौ ।

त्यसैगरी विदेशका थुप्रै फोरमहरुमा नेपालको तथ्यगत स्टोरीहरु सेयर गर्न लगायौ । यि सवै पक्षको मेहेनतले गर्दा २ वर्षमा हामीले हाम्रो पर्यटनको संख्या दोब्बर गरायौ । अव अहिले संसारले हेर्दा यतिचाडैं यति राम्रोसंग ‘रिकभरी’ भएकोचै धेरै कम ठाउँमा हुन्छ । जटिल परिस्थितिमा पनि पर्यटकको संख्या बढ्नु भनेको साच्चै राम्रो एउटा प्रेरणदायी र उदाहरणीय ईफोर्ट नेपालमा भएको रहेछ भन्ने बुझाई भएको छ । यो पनि नेपालका लागि सकारात्मक भयो ।

प्रश्नः अन्य देशहरुले हाम्रो पर्यटन क्षेत्रको पुनरुत्थानका कस्ता विषयलाई शिक्षाका रुपमा लिएको पाउनुहुन्छ ?

उत्तरः हामीलाई दुईतीनवटा सिकाई भयो । धेरै ठाउँमा यस्तो क्षतीग्रस्त अबस्थामा छुट दिने अथवा केहि सेवामा निशुल्क गर्ने भन्ने पनि हुनेरहेछ । पोखरा बाहिरका पर्यटन व्यबसायहरुमा यस्लाई प्रयोग गरियो पनि । तर त्यसको खासै प्रभाव परेन । बिशेषज्ञहरुले हामीलाई के भने भने यस्तो अबस्थामा छुट वा निशुल्क सेवाले पर्यटक आकर्षित गर्न सकिन्न । किनकी जो मान्छे तर्सेको छ उ त सस्तो छ भनेर आउदैन नी । फेंरी अहिले सस्तो बनायो भने पछि व्यबसाय उठाउन सारै समस्या हुन्छ भन्ने भयो । यो हामीले गरेनौ । जुन गर्न हुने रहेनछ भन्ने बुझाई बन्यो ।

दोस्रो के छ भने सबैको भ्वाईस एउटै हुने हो भने त्यसले छिटो काम गर्दो रहेछ । भन्नुको अर्थ सरकार, निजि क्षेत्र अथवा जो–जो हामी पर्यटनसँग आबद्ध छौं सबैको भनाई एउटै रहन गयो भने त्यसको सन्देश राम्रो जानेरैछ । यो पनि एउटा एकदमै राम्रो रणनीति भयो ।

अर्को ‘नेपाल नाउ’ अभियान जुन हामीले त्यो बेलामा चलायौं अहिले धेरै ठाउँमा नमुनाका रुपमा प्रयोग भईरहेको छ । ३÷४ वटा देशहरुमा बिपतको बेलामा यस्तै खालका अभियान गरीरहेको पाईन्छ । जस्तो आई एम ईन बाली, आई एम ईन सिरिया जसरी गरीरहेका छन् ।

प्रश्नः अव सम्पुर्ण नेपालीको ध्यान पर्यटन वर्ष २०२० मा केन्द्रित छ । यसको तयारी कसरी हुदैछ ?

उत्तरः अव हामीले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउदै छौ । मुल आयोजक समिति गठन भईसकेको छ । अव केहि कार्यक्रमगत समितिहरु र एउटा स्ट्रक्चर बाँकि छ । लोगो र सन्देश तयार भईसक्यो । सन्देश हामीले ६/७ भाषामा तयार गरीसकेका छौ । केहि प्रवद्र्धनका काम पनि सुरु गरेका छौ । अव २० लाख पर्यटक भित्र्याउन अहिलेको पूर्वधारमा सारै गारो छ । त्यो हिसावले केहि नयाँ काम गर्न खोज्दै छौ ।

एउटा , हाम्रो पर्यटन सिजन केन्द्रित पर्यटन हो । केहि सिजनमा एकदम धेरै पर्यटक आउने अनी फ्लाईटको बाटो पनि नहुने । होटल पनि प्याक हुने । ट्रान्सपोर्ट पनि प्याक हुने । अनी अरु सिजन चै सारै कम हुने । त्यो हिसावले अव हामीले के विचार गर्यौ भने अफसिजनमा पनि यहि पुर्वाधारलाई प्रबद्र्धन गर्ने । केहि समय अघि पनि हामीले ‘समर’ अर्थात गर्मि सिजनमा प्रबद्र्धन गर्यौं । खासगरी भारतका शहरहरुमा यो समय एकदम गर्मि हुन्छ र नेपालको धेरै जसो गन्तव्य हजार मिटर माथि छ । यो सिजनमा ‘गर्मि से वेहार चलो नेपाल’ जस्ता अभियान चलायौ । जसको राम्रो प्रभाव पर्यो ।

त्यसपछि हामीले मनसुन सिजनलाई पनि प्रबद्र्धन गरिरहेका छौ । अनी अर्को कम पर्यटक आउने भनेको जाडोको मौसम हो । किनभने धेरैजसोलाई के छ भने नेपाल भनेको सवै ठाउँमा हिउ नै हिउ पर्छ भन्ने खालको छ । त्यो जाडो सिजनलाई पनि चाईना जस्ता देशहरुमा जहा नयाँ वर्ष मनाईन्छ, जनवरीमा । त्यो सिजनलाई प्रबद्र्धन गरेर यहि पूर्वाधारमा बढि पर्यटक भित्र्याउने भन्ने छ ।

अर्को, केहि नयाँ बजारहरु पहिचान गरेर प्रबद्र्धन गर्ने भन्नेमा पनि अगाडि वढिरहेका छौ । छिट्टै नै हामी मास मिडिया क्याम्पियनमा जादैछौ । अर्को, डिजिटल मार्केटिङलाई हामीले ठूलो फोकसमा ल्याउदै छौ ।

प्रश्नः पर्यटन वर्ष तयारीका क्रममा आईपरेका चुनौती के–के हुन् ?

उत्तरः नेपालको पर्यटनमा एकदमै चुनौति के–के हुन भनेर कुरा भयो भने एउटा आधारभूत पूर्वाधारको कमी हो । यसमा राज्यले नै फोकस गर्नुपर्छ । हाम्रो मात्र क्षमताको कुरा पनि हैन । राज्यलाई भनिरहेका छौ । राज्यले फोकस पनि दिईरहेको छ । दोस्रो भनेको गुणस्तरीय सेवा । किनभने पर्यटन भनेको सेवामुखी व्यवसाय हो । त्यसकारण हामीले हाम्रो गुणस्तरीयता बढाउनुपर्छ भनेर यहि आर्थिक वर्षमा कम्तिमा १० हजार जनशक्ति जो पर्यटन क्षेत्रमा हुनुहुन्छ, उहाहरुलाईलाई आतिथ्यता सेवा सम्वन्धि तालिम दिने भन्ने कार्यक्रम बनाएका छौ । किनभने २०२० का लागि तयार हुन हामीे २०१८ र २०१९मा तालिममा धेरै नै केन्द्रित हुन्छौ ।

प्रश्नः नेपालको पर्यटनको ‘युनिक’ विशेषता के रहेछ ?

उत्तरः नेपालको सवैभन्दा ठूलो कुरा नेपाल आफैमा एउटा टुरिजम ब्राण्ड हो । नेपाललाई मान्छेले त्यसैगरी चिन्छन । सवैभन्दा पहिलो कारण के लाग्छ भने प्राकृतिक र सांस्कृतिक विविधता । यसरी एउटा सानो ठाउँमा सय भन्दा वढि जातजाति, भाषाभाषी, बस्ने देश । यति विविधिकृत सम्पदाहरु छन की यसले सानो ठाउँमा छोटो समयमा धेरै भन्दा धेरै चिजहरु अनुभव गर्न सकिने ठाउ छ । यो संसारमा विरलै हुन्छ । सगरमाथा र लुम्विनि त छन नै । यो वाहेक यि अन्य कारण पनि पर्यटक आउछन । अर्को कारण यो स्थानिय समुदायको ठूलो भूमिका हुन्छ , पर्यटक आउनका लागि । नेपालमा नेपालीहरु सारै राम्रा, सहयोगी , मिल्ने मान्छे हुन् भन्ने ईमेज छ । अझै अर्को के हो भने सुन्दर हावापानी भएको ठाउँमा एक्लै वा ग्रुपहरुसंग ट्रेकिङ गर्दै जाँदा दिमाखमा धेरैकुराहरु फुर्ने वातावरण जो हुन्छ त्यो पनि नेपालले दिन्छ । यस्ता धेरै कारण छन नेपाल घुम्न आउने ।

प्रश्नः आन्तरीक पर्यटनको अवस्था कस्तो छ ? यसवारेमा पर्यटन वोर्डले केहि विशेष कार्यक्रम गरेको छ वा छैन ?

उत्तरः खासगरी के भने आन्तरीक पर्यटन वलियो नभएसम्म समग्र पर्यटनको बेस बन्दो रहेनछ । हामीले हेर्ने हो भने धेरै देशमा आन्तरीक पर्यटन निकै बलियो हुन्छ । तर हामीकहा त्यतिधेरै थिएन । तर अहिले २०७३ मा हामीले पहिलो पटक देशकै ध्यान केन्द्रित होस भनेर आन्तरीक पर्यटनका लागि भनेर ‘घुमफिर वर्ष’ मनायौ ।

त्यसपछि हेर्दा आन्तरीक रुपमा पनि धेरै चहल पहल बढेको छ । खासगरी नयाँ गन्तव्य, रारा, दाङ, हलेसी लगाएतका धेरै स्थानमा आन्तरीक पर्यटनको ठूलो घुईचो छ । अर्को राम्रो पाटो खर्च पनि नेपालीहरुले नै धेरै गर्छन भन्ने बुझाई पनि बन्दै गएको छ । राम्रो रुपमा अघि बढेको छ । यसलाई पछि फर्कन दिनुहुदैन । अहिलेपनि सरकारको बजेटमा पनि परेको छ । आन्तरीक पर्यटन प्रवद्र्धनका लागि ‘पहिला देश अनी विदेश’ भन्ने एउटा अभियान पनि गरिहेका छौ ।

प्रश्नः पर्यटन क्षेत्र प्रविधिमा कसरी जोडिदै छ ?

उत्तरः हाम्रो सिस्टमलाई पनि डिजिटली एडभान्स बनाउन जरुरी छ । अर्को हाम्रो गन्तव्यलाई वाहिर डिजिटल प्ल्याटफर्म मार्फत धेरै भन्दा धेरैमा पुर्याउन तयारी गरीरहेका छौ । यसको महत्व धेरै छ ।

प्रश्नः भूकम्प गएको वर्ष र यस पछिका वर्षमा पर्यटन आउने संङख्याका हिसावले कसरी हेर्न सकिन्छ ?

उत्तरः एकदमै उत्साहजनक छ । हामीले सोचेको भन्दा राम्रो छ । जस्तो सुरुमा भुकम्प आएको वर्ष करिव ५ लाखको हाराहारीमा पर्यटक आए । त्यसपछि अर्को वर्ष २०१६ मा साढे ७ लाख आए । भूकम्प आउनुभन्दा अघि करिव ८ लाखको हाराहारीमा पर्यटन रिसिभ गरीरहेका हुन्थ्यौ । तर अर्को वर्ष अर्थात २०१७ मा हामीले अहिलेसम्मकै सवैभन्दा वढि पर्यटक १० लाख भित्र्यायौ । यो वर्ष १२ लाखको लक्ष्य राखेर हिडिरहेका छौ । हाम्रां पुर्वाधार सिमित हुदा पनि पर्यटक आउने ग्रोथमाचै सन्तोषजनक र उत्साहजनक देखिएको छ ।

प्रश्नः र पनि केहि सम्पदाहरु भूकम्पका कारण क्षति त भएकै हो । अझै बन्न पनि सकेका छैनन् । यसलाई यहाहरुले कसरी लिनुभएको छ ?

उत्तरः यसमा के छ भने पुनः निर्माण सम्पन्न गरेर राम्रो चिटिक्क देखाउन पाउनु त धेरै राम्रो कुरा हो । तर हामीले अहिलेकै अवस्थाको सम्पदाहरुलाई पनि कसरी वजारीकरण र प्रवद्र्धन गरीरहेका छौ भने वास्तवमा अहिलेको सम्पदाहरु बनाउने क्रम भनेको त ३ सय ४ सय हजार वर्षसम्मका पुरानो हाम्रो सीप र कला हो । ती समयमा कसरी काम हुन्थ्यो भनेर देखाउने अवसर पनि हो । पुराना चिजहरु कसरी बन्थे भन्नका लागि हेर्ने यो असाध्यै राम्रो मौका हो भनेरपनि वजारीकरण गरीरहेका छौ । हामीलाई बजार पबद्र्धन गर्ने यसलाई राम्रै एउटा माध्यम पनि बनाएका छौ । नभए नकारात्मकताले हाम्रो शक्ति र समय खेर मात्र जान्छ । सकारात्मक सोचेर सकारात्मक संचार अघि बढायौ भने पक्कै पनि सकारात्मक परिणाम आउछ ।

 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

प्रतिक्रिया

सम्बन्धित

होलीले सिकाउने ‘नेतृत्व’को पाठ !

३ घन्टा अगाडि १ मिनेटमा पढिने

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने