नशा नशामा व्यापार बोकेको २३ वर्षे ठिटोे

मलेसिया, नेपाल र भारत तीनवटा मुलुकमा गरेर उनी ७ हजार भन्दा धेरै होटलहरु चलाउँछन् ।

हाम्रो कथा २०७४ फागुन २१ गते १७:१४

यो एकजना तेईस वर्षको ठिटोको कथा हो । जो भारतमा बस्छन्, तर नेपालमा होटल चलाउँछन् । त्यो पनि एउटा या दुईवटा होईन बिसवटा । अबको एक वर्षभित्र नेपालमा करिव चालिसवटा होटल चलाउने उनको लक्ष्य छ । नेपालमा उनी कहिले र कसरी प्रवेश गरे त्यो प्रसंग अर्को कथामा । प्रतिक्षा गर्नुृहोला ।

यि तेईस वर्षिय मल्टि मिलियनर हुन् रितेस अग्रवाल । र उनको कम्पनि हो ओयो रुम्स् ।

आफ्नो व्यावसायीक यात्रा सुरु गर्दा उनी जम्मा अठार वर्षका थिए । सन् २०१३ मा भारतको गुडँगाउँबाट व्यावसायीक यात्रा थालेका रितेशले भारत सहित नेपाल, मलेसियामा आफ्नो व्यवसाय फैलाएका छन् । र केहि समयभित्रै चीनमा समेत फैलिने योजनामा छन् ।

एक सामान्य परिवारमा जन्मिएका रितेस विजनेसमा एउटा प्यासनेट खेलाडि हुन् । उनले स्कूले पढाई सके । तर कहिल्यै कलेजमा नियमित भएनन् । किनकी मारवाडि परिवारमा जन्मेका रितेशको नशा नशामा व्यापार कुॅदेको थियो । त्यसैले उनले कलेज ड्रप गरे, व्यवसाय नै गर्छुृ भनेर लागे ।

कतिसम्म भने, उनको इन्जिनियरिङ्गको प्रवेश परिक्षा भोलि जस्तोमा थियो । तर अघिल्लो रात थाहा पाए, दिल्लीमा उद्यमशिलता सम्बन्धि एउटा ग्लोबल सेमिनार हुँदैछ भनेर । रातारात ट्रेनको पछिल्लो सिट समातेर उनी दिल्ली हानिए । उक्त सेमिनारमा भाग लिइसकेपछि उनी लागे आफ्नै व्यवसाय गर्छु भनेर । र, सुरु गरे २०१२ मा ओरेभल स्टेइज । जसले भारतका बजेट होटलहरु लिस्टिङ्ग गथ्र्याे ।

त्यसै सन्दर्भमा एकपटक १७ वर्षको हुँदा तीन महिना लगाएर उनी भारतका विभिन्न सहर घुमे । एक सय भन्दा बढि बजेट होटल घुमेपछि थाह पाए भारतमा होटलमा बस्ने गेष्टहरुले राम्रो सुविधा पाएका छैनन् । बजेट ग्राहकलाई त झनै गाह्रो भएको महसुुस गरे ।

भनिन्छ नि, समस्या र समाधानको विचमा व्यापार लुकेको हुन्छ भनेर । हो रितेसले पनि त्यहि गरे । समस्या थियो भारतमा बजेट ग्राहकले राम्रो सेवा, सुविधा नपाउने । समाधान स्वरुप रितेशले स्थापना गरे ओरेभल स्टेइज । जसलाई नै पछि ओयो रुम्स् भन्न थालियो ।

ओयो अर्थात् अन योर ओन् । तपाई जति बेला जुनसुकै स्थानबाट होटल रुम बुक गर्न सक्नुहुन्छ । कोठा बुक त सामान्य सेवा भयो ओयोले अरु पनि धेरै चिज दिन्छ ।

उनले पहिलो प्रयास गरे आफ्नै जन्मस्थान गुडँगाउँमा । उनले त्यहीको एउटा होटलबाट यात्रा थालेका थिए ।

उनले आज मलेसिया, नेपाल र भारत गरेर तीनवटा मुलुकमा ७ हजार भन्दा ज्यादा होटलहरु चलाउँछन् । एकपटक फोब्र्सले उनलाई सोधेको थियो, तपाईको सफलताको राज के हो भनेर ? रितेशले भनेका थिए, म जोखिम उठाउन कहिलेपनि डराउँदिन ।

विभिन्न आरोह अवरोहबाट गुज्रिएको ओयो र रितेश एकैचोटि हुर्किएका भने होइन । यसका लागि उनले धेरै संघर्ष र मेहनत गरेका छन् ।

उनी फोब्सको ३० वर्ष मुनिका ३० व्यक्तिमा पर्न सफल व्यक्ति हुन् । उनलाई भारतको टप १० उद्यमी पनि भनेर भनिन्छ । गतवर्षमात्र ओयोले २ हजार ५ सय करोड भारुको व्यापार गरेको थियो । भनिन्छ, रितेशको कम्पनी अन्र्तगत झण्डै ४ हजार कर्मचारी काम गर्छन् ।

रितेश र उनको ओयो रुम्स्को कथाको एउटा गतिलो पाठ के भने, उद्यमशिलता कलेजको पढाईमा होईन व्यक्तिको वजार चेतमा निर्भर हुन्छ । यसलाई उमेर र पारिवारिक हैसियतले असर गर्दैन । केवल इच्छाशक्ति र लगनशिलताले मात्र हासिल गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित

पाँच वर्षमा १ सय उद्यमी, हजारलाई रोजगारी !

११ घन्टा अगाडि ५ मिनेटमा पढिने

अाखिर को थिए सुकरात, कसरी बने दार्शनिक ?

१ दिन अगाडि ३ मिनेटमा पढिने

प्रमाणपत्र बोकेर बैंक जाने दिन आयो !

२ दिन अगाडि ४ मिनेटमा पढिने