काम गर्दा पूरै भर्याङ्ग होइन हरेक खुड्किला हेरौ

हाम्रो कथा २०७४ माघ २५ गते १०:४२

हामीमध्ये धेरैलाई कामभन्दा वढि चिन्ताले सताउँछ । कहिलेकाहीँ जब म आफ्नै गार्डेनमा घोत्लिरहेको हुन्छु, र सोंच्छु किन हामी कामभन्दा वढि चिन्ता गछौं ? जिन्दगीमा मैले के गरें, के गरिनँ । के गर्न सके या सकिनँ । मैले कहिल्यै लेखाजोखा गरिनँ । गर्दिन पनि । मेरा आफ्नै मान्यता र विश्वासहरु छन्, व्यापारमा मात्र होइन जिन्दगीमा पनि । म काम गर्दा पूरै भर्याङ्ग होइन हरेक खुड्किला हेर्छु । सके चढ्छु नसके कसरी चढ्ने भन्ने वारेमा घोत्लिन्छु । तर, कहिल्यै रोकिन्न । राम्रो या नराम्रो मलाई थाहा छैन् । मेरो वानी नै यस्तो रह्यो कि म कहिल्यै रोकिन्न । दुःखमा पनि सुखमा पनि ।

राम्रो सोच्नु, राम्रो खोज्नु र राम्रो गर्नु मेरो जीवनको उद्देश्य हो । मेरा पाइलाहरु त्यसै तर्फ अग्रसर छन्, व्यावसायिक, व्यक्तिगत र निजी, तिनै जिवनमा । र सधैं रहिरहनेछन् ।

जिन्दगीमा कहाँ पुग्छु थाहा छैन । तर, हरेक खुडकिलो उक्लन छोड्दिन । भरयांगको मलाई मतलब छैन ।

प्रतिक्रिया
लोकप्रिय