मेरा छोराछोरी छैनन् अरुका छोराछोरीले सुख पाउलान् भनेर भोट हालेको हूँ : भिमबहादुर घर्ती

हाम्रो कथा २०७४ मंसिर २१ गते १७:३१

मेरा छोराछोरी छैनन् अरुका छोराछोरीले सुख पाउलान् भनेर भोट हालेको हूँ । भोट पाउनेहरुले राम्रो काम गरे भने सबैले सुख पाउँछन् ।

मैले मतदान गरेकोले जित्छ कि जिन्दैन थाहा छैन ।

मैले पहिलो पटक स्थानीय चुनावमा भोट हालेको हो, त्योभन्दा पहिले हालेको थिइनँ । स्थानीय चुनावमा भोट हाल्न सजिलो थियो । अहिले तीनवटा मतपत्रले अलमल परेछु म ।

मैले केही छानिन, मलाई पहिला नै सिकाएका थिए । सिकाउनेहले सिकाएकैमा हाले मैले । मलाई दाइका छोराछोरीले पहिले नै सिकाइसकेका थिए । उनीहरुले सिकाएको ठाउँमा भोट हालें ।

(प्युठानको गौमुखी गाउँपालिकाको श्री खरा मावि मतदान केन्द्रमा मत दिएपछि हाम्रो कथाकी सिर्जना सेनसँग भिमबहादुरले दिएको प्रतिक्रिया ।)

प्रतिक्रिया

सम्बन्धित

नेपालमा पनि “फरेष्ट थेरापी”!

२ घन्टा अगाडि २ मिनेटमा पढिने

अब हाम्रो धरहरा यस्तो बन्दैछ !

६ मंसिर , २०७५ १ मिनेटमा पढिने