मैले दिएको भोटले सबैको भलाई होस् : तिलवीर दमाई

हाम्रो कथा २०७४ मंसिर २१ गते १६:०४

मेरो त डाडाँपारिको जुन जस्तै अवस्था भइसकेको छ । आफू बाँचेकै बेला यो देश र सन्ततिहरुको राम्रो भएको देख्न मन छ । यही भएकोले भोट दिन आएको हूँ ।

हाम्रा छोराछोरी र नातिनातिना सबै आफन्तलाई राम्रो होस् भनेर भोट दिएँ मैले । विकास आउला, शान्ति र उन्नति होला भनेर भोट हालेको हो ।

हाम्रा छोराछोरी र नातिनातिना सबै आफन्तलाई राम्रो होस् भनेर भोट दिएँ मैले । विकास आउला, शान्ति र उन्नति होला भनेर भोट हालेको हो ।

यहाँको विकास गर्ने उम्मेदवारलाई रोजेर भोट हालेको छु । म लेखपढ गरेको मानिस होइन, धेरै कुरा जान्दिन । त्यही भएर मतपत्रमा दिएको भोट बिग्रिन्छ की भन्ने डर लागिरहेको थियो । ध्यान दिएर र होस पुराएर मत दिएको छु ।

अनि मतपत्र पट्याउँदा पनि मसी नलत्पतियोस् र नबिग्रियोस भनेर ढिलोसँग भएपनि राम्ररी पट्याएर बाकसमा खसालेको छु । मैले दिएको भोटले सबैको भलाई हुने आश गरेको छु ।

(सुर्खेतको गुर्भाकोट नगरपालिका ९, सरस्वती मावि सिम्घाटको ख मतदान केन्द्रमा मत दिएपछि तिलवीरले हाम्रो कथाकी लक्ष्मी भण्डारीलाई दिएको प्रतिक्रिया ।)

प्रतिक्रिया

सम्बन्धित

नेपालमा पनि “फरेष्ट थेरापी”!

२ घन्टा अगाडि २ मिनेटमा पढिने

अब हाम्रो धरहरा यस्तो बन्दैछ !

६ मंसिर , २०७५ १ मिनेटमा पढिने