गुगलले पनि भन्यो नेपालका मनिषको खल्ती एपलाई ‘गज्जब’

हुलाक टिकट जसरी भविष्यमा नोट पनि लोप भए सरह हुनेछ, अनि दिन आउनेछ क्यासलेस कारोबारको ।

हाम्रो कथा २०७४ कार्तिक २९ गते २०:४५

आउटकम हेल्थ चलाउने ऋषि शाह ३१ वर्षको उमेरमा खर्वपति बनेका छन् । विश्व सूचीमा दरिएका नेपालका विनोद चौधरीभन्दा ऋषि झण्डै तीन गुना धनी छन् । ऋषिको सम्पत्ति करिब चार अर्व डलर छ ।

जोन र प्याट्रिक कोलिसन दाजुभाईले स्ट्राइप सफ्टवेयर तथा एप बनाए । उनीहरु दुवैजना एकएक अर्व डलरभन्दा धेरै सम्पत्तिका मालिक छन् ।

नेपालकै कुरा गरौं, आइटेक नेपाल चलाउने जीवन न्यौपानेले डिजिटल नेपाल एप चलाएर राम्रो आम्दानी गरिरहेछन् । नेपालभरीका एफ एम रेडियो सुन्नका लागि विश्वभरीका नेपालीका लागि यो एक भरपर्दो एप बनेको छ ।

ईसेवाको बारेमा पनि तपाईंले पक्कै सुन्नुभएको होला । डिजिटल भुक्तानी प्रणालीमा ईसेवा नेपालमा अग्रणी छ ।

अब सुन्ने पालो डिजिटल खल्तीको । यो खल्ती बनाएका हुन् मनिष मोदीको टिमले । खल्ती एप झट्ट हेर्दा साधारण लाग्छ तर यसले साँच्चै पर्सको काम गर्छ ।

भारतको पेटिएम र चीनको अलिबाबा जस्ता कम्पनीबाट प्रभावित भएर मनिषले खल्तीको थालनी गरेका रहेछन् । जनकपुरका मनिषले खल्ती कम्पनीको स्थापना क्याम्पसको होस्टलमा गरेका थिए रे ।

तपाईंको खल्तीको रकम हराउन सक्छ तर मनिषको टिमले बनाएको खल्तीको रकम हराउँदैन । किनभने यो खल्तीमा कागजी मुद्रा हुँदैन, डिजिटल मुद्रा हुन्छ । तपाईंको बैंक अकाउन्टमा भएको रकम खल्ती मार्फत खर्च गर्न सकिन्छ ।

फोन रिचार्ज गर्न होस् या कुनै डिपार्टमेन्टल स्टोरमा गएर सामान किन्न होस्, टेलिभिजन च्यानलको वील तिर्न होस् या फिल्म हलको टिकट किन्न होस्, मोवाइलमा डाउनलोड गरिएको खल्ती एपबाट तिर्न सक्नुहुन्छ ।

खल्ती कति प्रभावकारी छ भन्ने जाँच गुगल प्ले स्टोरमा खल्ती सर्च गरेर हेरे थाहा हुन्छ । यसको रेटिङ चार दशमलव चार छ । अर्थात् पूर्णाङक पाँच भन्दा केही कम मात्र छ ।

खल्ती वास्तवमा डिजिटल पर्स हो । अहिले विश्वव्यापी रुपमा डिजिटल पर्सको चलन बढिरहेको छ । हरेक देशले आफ्नो देशभित्र तथा वैदेशिक रुपमा हुने कारोबारलाई क्यासलेस बनाउँदै लगेका छन् । क्यासलेस कारोबारको माध्यम हो खल्ती ।

अहिले हरेक दिन खल्तिमा तीन सयभन्दा बढि नयाँ युजर थपिन्छन् । ५० हजार जति एक्टिभ युजर छन् । खल्ति मार्फत दैनिक ६ लाख रुपैयाँ हाराहारीमा कारोवार भईरहेछ र यो परिमाण बढ्ने क्रम जारी छ ।

भविष्यको मानव समाज क्यासलेस हुने निश्चित छ, जसरी हुलाक टिकट लोप भए सरह भयो त्यसरी नै केही वर्षभित्रैमा मुद्रा पनि लोप भए सरहको अवस्थामा पुग्ने प्रक्षेपण गरिएको छ । त्यसबेलासम्म खल्ती एपले कति प्रगति गर्दाे हो ? माथि आईटी क्षेत्रका चर्चित सफल व्यक्तिहरुको वर्णन यही कारण गरिएको हो ।

तपाईंको खल्तीको रकम हराउन सक्छ तर मनिषको टिमले बनाएको खल्तीको रकम हराउँदैन । किनभने यो खल्तीमा कागजी मुद्रा हुँदैन, डिजिटल मुद्रा हुन्छ ।

तीन वर्षको मेहेनतपछि मनिषको टिमले खल्तीको निर्माण गरेको हो, करिब १० महिनादेखि खल्ती मोवाईलमा चलिरहेछ । भारतको पेटिएम र चीनको अलिबाबा जस्ता कम्पनीबाट प्रभावित भएर मनिषले खल्तीको थालनी गरेका रहेछन् । जनकपुरका मनिषले खल्ती कम्पनीको स्थापना क्याम्पसको होस्टलमा गरेका थिए रे ।

आज मनिषको शानदार कार्यालय ललिपुरको पुल्चोकमा छ । जानकी टेक्नोलोजी र स्प्यारो एसएमएस भनेर निकै चर्चित कम्पनि पनि मनिषकै टिमको हो । कम्पनी स्थापना गर्न उनले सुरुमा करिब एक करोड रुपैयाँ लगानी गरेका थिए । २० जनाको कोर टिम र ३ वटा मार्केटिङ, डेभलपमेण्ट र अकाउन्ट डिपार्टमेण्ट मिलेर हाँस्दै खेल्दै निर्माण गरेको कम्पनि होे खल्ति ।

खल्तीलाई गुगल स्वयंले पनि गज्जबको काम भनेर कदर गरेको छ । गुगलले यस वर्षको विजनेस स्टोरिज्को उपाधी खल्ती एपलाई दिएको छ । गुगलका टिम नेपाल आएर खल्ती टिमको प्रोफाइल भिडियो पनि बनाएको छ । आउँदो जनवरीमा सो भिडियो रिलिज भएसँगै कम्पनीको मान, शान र दाम सबै बढ्ने विश्वाश मनिषको छ ।

डिजिटल भुक्तानी प्रणाली नेपालमा वामे सर्दैछ । भविष्यमा नेपालमा पनि क्यासलेस कारोबार गर्ने सरकारी नीति छ । यो नीति पूर्ण कार्यान्वयनमा जाँदा मनिषको खल्ती एपको प्रगति कति हुन्छ होला ? सुखद अनुमान गर्न सकिन्छ ।

ल, अब तपाईं पनि खल्ती एप डाउनलोड गरेर खर्च गर्न थालिहाल्नुस् । अँ, ध्यान दिनुहोला नि, खल्ती एपबाट खर्च गर्न सजिलो छ तर तपाईंलाई कमाउन भने सजिलो छैन । खर्च गर्दा विवेक पुराएर मात्र गर्नुस् भनेर हामीले भनिरहन पर्ला र ?

प्रतिक्रिया