‘म राम्रो आमासँगै राम्रो साथी पनि हुँ’

सविना देवकोटा २०७४ असोज २४ गते १७:४६


समाजसेवाकै कारण विश्वव्यापी प्रतिष्पर्धाबाट सन् २०१२ मा सिएनएन हिरो र २०१६ मा सिएनएन सुपर हिरो उपाधि जित्न सफल पुष्पा बस्नेत नेपालमा चिनाइ रहनुपर्ने नाम होइन ।

विभिन्न कसुरमा जेल सजाय भोग्दै गरेका आमाबाबुसँग कारागारहरूमा बस्न बाध्य बालबालिकालाई खुला संसारमा शिक्षा र स्वतन्त्रतासँगै मातृत्व दिएर हुर्काउने अभिभावक बन्नका लागि आजीवन विवाह नगर्ने निर्णय गर्दा उनी २१ वर्षकी मात्र थिइन् ।

आफ्नो त्यही अठोटलाई आत्समसात गर्दै ‘प्रारम्भिक बाल विकास केन्द्र’ नामको संस्था खोलेपछिका १२ वर्षयता उनी तिनै बालबालिकाको लागि समर्पित छिन् । काठमाण्डौको बुढानिलकण्ठस्थित बटरफ्लाई होमकी पनि संस्थापक उनी हाल त्यहाँ रहेका ४५ बालबालिकाकी ‘पुष्पा मामु’ हुन् ।

हाम्रो कथासँगको कुराकानीमा उनले भनिन्, ‘म राम्रो आमासँगै राम्रो साथी पनि हुँ ।’

प्रतिक्रिया
लोकप्रिय